गोल्टाकुरीमा श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ शुरु

प्रकाश डाँगी,
गोल्टाकुरी, १५ फागुन ।
दंगीशरण गाँउपालिकाको गोल्टाकुरीमा आईतवार देखी श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ । पञ्चायण मन्दिर तथा धार्मिक पर्यटकिय स्थल निर्माण सहयोगार्थ आईतवारदेखी संचालनमा आएको सप्ताह ज्ञान महायज्ञ २१ गते समापन हुने छ ।

आईतवार उद्घाटन हुनु पुर्व सन्ध्यामा गणेश पुजा पछि दंगीशरण गाँउपालिका वडा नं. १ र २ मा रहेका विभिन्न विद्यालय,संघ संस्था ,समुहहरूद्वारा मन्दिर परिसरबाट झांकी जुलुश संगै कलश यात्राको समेत अयोजना गरिएको थियो ।
दंगीशरण गाँउपालिका वडा नं. १ र २ को गोल्टाकुरीको शिबमन्दिर डाँडामा फागुन २१ गते सम्म सञ्चालन हुने श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञको आईतवार भब्य कार्यक्रमको आयोजना गरि शुभारम्भ गरिएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष निम बहादुर खत्रीको अध्यक्षता तथा लुम्विनी प्रदेशका प्रदेश सांसद धन बहादुर मास्केको प्रमुख आथित्यतामा एंव दंगीशरण गाँउपालिकाका अध्यक्ष शम्भु गिरिको विशिष्ट आथित्यतामा सुरु गरिएको सप्ताह ज्ञान महायज्ञमा प्रमुख अथिति मास्केले संस्कृति पर्यटनको विकासले समग्र समुदाय संगै राष्ट्रको विकासमा समेत टेवा पुराउने भएकोले सांस्कृतिक पर्यटनको संभावना बोकेको यस क्षेत्रको समग्र विकासमा विशेष ध्यान पु¥याउने बताए ।


कार्यक्रममा बोल्दै दंगीशरण गाँउपालिकाका अध्यक्ष शम्भुगीरीले श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ संचालन गर्न थालिएको गोल्टाकुरीको क्षेत्र धार्मिक पर्यटन संगै दाँग जिल्लालाई अवलोकन गर्न मिल्ने क्षेत्र भएकोले आगामि दिनमा बिशेष महत्वका साथ गाँउपालिकाले ध्यान दिने वताए । कार्यक्रममा परिवर्तण गाँउपालिका रोल्पाका प्रमुख प्रशासकिय अधिकृत धुव्रराज न्यौपाने डिआर एन , दंगीशरण गाँउपालिका वडा नं. २ का अध्यक्ष डम्बर खत्री ,वडा नं. १ का अध्यक्ष रमेश भण्डारी , वडा नं. ६ का अध्यक्ष रोशन जंग शाह , साविक गोल्टाकुरी गाबिसका पुर्व गाविस अध्यक्ष यज्ञ बहादुर बिस्ट त्यस्तै स्थानिय समाजसेवीहरु नन्दराम खत्री , मोहन बिक, तिलक बहादुर डाँगी र अर्जुन केसी लगायतकाले सांस्कतिक पर्यटनको संभावना बोकेको क्षेत्रको विकासको लागि आगामि दिनमा थप कृयासिल बन्नु पर्ने धारना व्यक्त गरेका थिए । भने उद्घाटन कार्यक्रमको संचालन गेहेन्द्र खड्काले गरेका थिए ।

आईतवार देखि सुरु भएको श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञको नेपालका सुप्रसिद्ध भागवाताचार्य गुरुदेव पं कोमल उपाध्याय बाट कथाबाचन हुने श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञमा दैनिक रुपमा संगितमय कथा प्रवचन समेत हुने भएकोले आयोजकले सबैलाई उपस्थितिको लागि अनुरोध समेत गरेको छ ।