साततलेबाट ट्रक खस्यो

तुलसीपुर, २० मंसिर ।  दाङको तुलसीपुर उपमहानगरपालिका ३ को साततलेबाट ट्रक खसेको छ । तुलसीपुरबाट सल्यानका लागि  हिडेको रा १ ख २५०१ नम्बरको ट्रक तुलसीपुर ३ को झक्रेनी थानको डाँडाबाट खस्दा दुइजना घाइते भएका छन् ।

घाइते हुनेहरुमा ट्रक चालक जिल्ला दाङ तुलसीपुर ३ राणागाँउ बस्ने ३३ वर्षीय नारायण सार्की र गाडी साहु सोही ठाउँ बस्ने २९ वर्षीय टिकाराम भुषाल रहेका छन् ।


बुधबार बेलुका ६ बजेतिर  सडकदेखी खसेको प्रहरीले जनाएको छ ।

केही बर्ष पहिले विद्यार्थी सवार बस खसेको थियो । साेही  स्थानदेखी नजिकैबाट ट्रक खसेको हो ।