सभ्य समाज निर्माण र बिकासमा युवाको भूमिका

प्रकाश वली
युवा अबस्था भनेको परिवर्तन चाहने उमेर हो । युवामा समाज र देशको लागि केहि गर्ने चाहना अधिक हुन्छ। युवालाई उर्जाको केन्द्र र भबिष्य निर्माणको आधार मानिन्छ। नेपाल सरकारको युवा नीतिले युवालाई ‘राष्ट्रको शक्ति,अमूल्य सम्पत्ति,अग्रगामी परिवर्तनको बाहकहरु’ भनेर ब्याख्या गरेको छ।त्यसकारण युवाले समाजको राजनीतिक,आर्थिक, सामाजिक र शैक्षिक बिकासमा महत्वपूर्ण योगदान पु¥याउन सक्दछन। समाजको बिकास एक निरन्तर चलिरहने प्रक्रिया हो ।

जसले समाजको सामाजिक,आर्थिक, भौतिक र बाताबरणीय अवस्थालाई सकारात्मक तरिकाले परिबर्तन हुन्छ। सामान्यतया बिकासलाइ कुनै पनि समुदायको र त्यहाँका नागरिकको जीवनमा आउने सकारात्मक परिवर्तनको रुपमा ब्याख्या गरिन्छ। तर परिवर्तन सहजै आउदैन । वास्तविक परिवर्तनका लागि समुदायका सबै तहका बर्ग र समूहको सहभागिताको आबश्यकता पर्दछ। त्यसमध्ये पनि सबैभन्दा उर्जाशिल र परिवर्तनको चाहना राख्ने युवाबर्गको सहभागिता अत्यन्तै महत्वपूर्ण हुन्छ। नेपालमा भएका जति पनि परिवर्तन छन ती सबैमा युवाको भूमिका महत्वपूर्ण छन।  चाहे त्यो राणा शासनको अन्त्यका लागि भएको क्रान्ति , पञ्चायती ब्यबस्था हटाउनका लागि भएको २०४६ को आन्दोलन, २०५२ मा शुरुआत भएको १० बर्षे महान जनयुद्ध र २०६२/६३ को दोस्रो जनआन्दोलन सबैमा युवाको सक्रिय भुमिका रहेको थियो। राणा शासनको विरुद्धमा लागि मृत्युवरण गरेका शहिद गंगालालको उमेर २२ बर्ष मात्र थियो। त्यति बेला देखि २०६२/६३ को आन्दोलनसम्म पुग्दा धेरै युवाहरुले देश र समाज परिवर्तनको लागि बलिदान दिएको सर्बबितितै छ।

समाजमा भएका बिकृती बिसंगतिको विरुद्धमा युवाहरू खुलेर बिरोध जनाइरहेको देख्न सकिन्छ। चाहे त्यो जातीय भेदभाव होस् वा बर्गीय भेदभाव होस् वा लैङ्िगक भेदभाव सम्पुर्ण बिकृतीका विरुद्ध युवाको महत्वपूर्ण भूमिका रहेकोे छ। सभ्य समाज निर्माणका जुनसुकै मुद्दामा युवाको सक्रिय भुमिका देख्न पाइन्छ। आर्थिक, सामाजिक, शैक्षिक , राजनीतिक, सास्कृतिक ठाउँमा सकारात्मक भुमिका निर्बाह गर्दै युवाहरू अगाडि बढेको हामीले देख्न सकिन्छ। नेपालबाट दैनिक रूपमा १५०० को हाराहारीमा युवाहरू आर्थिक बिकासका लागि आफ्नो देश छोडिरहेका छन् । नेपालका ५० लाख युवाहरू बिदेशी भूमिमा त्यहाँको भौतिक पूर्वाधार तथा आर्थिक बिकासमा ती नेपाली युवाहरूले अर्थपूर्ण योगदान पु¥याएका छन् ।


ती युवाहरूको त्यो उर्जालाई आफ्नो देश बिकासमा उपयोग गर्न सकिएको छैन् । यी कुरालाई ध्यानमा राखी राज्यले छिटोभन्दा छिटो नेपालमा युवामुखी बिकासको लागि आबश्यक नीति निर्माण गरि सभ्य समाज निर्माणका लागि भूमिका खेल्न फेरि पनि युवाहरू अगाडि बढ्न जरुरी देखिन्छ। समाज यतिबेला परिवर्तनको प्रशव पिडामा छट्पटाइरहेको छ। यहि परिवर्तनको प्रसव पिडालाइ मेटाउन युवा बर्ग फेरिपनी होमिएर लागि पर्नु आजको मुलभुत आबस्यकता हो।

इतिहासको भोक, रोक र शोकलाइ निर्मुल पार्न यतिखेर कम्मर कसेर लागि पर्नु नै युवाले समाजमा गर्नु पर्ने भुमिका देखिन्छ। तर युवालाई यस्ता भुमिकाहरु नदिने हो भने युवा बर्गले बिद्रोह गर्न सक्नुपर्छ। परिवर्तन आजबाटै गर्नुपर्छ र आफैवाट गर्नु पर्दछ। समाज परिवर्तनको अमुल्य सम्पती युवा नै हो भनिरहदा उनिहरुलाइ राज्यले पनि नवीन चेतना, जिम्मेवारी नागरिक र जागरुक नागरिकको दर्जामा उल्लेख गर्नुपर्छ। देश अहिले सामाजिक, आर्थिक, राजनैतिक लगायतका विविध झमेलामा अल्झिएको अबश्था छ। युवा पुस्ताले यस्ता झमेला लाई तिखार्नु अति आबश्यक छ र आफू पनि तिखारिनु पर्छ।

समाजमा भएका विभिन्न बिकृतिहरुलाइ चिर्दै सभ्य समाज निर्माण र भाबी पुस्ताको सकारात्मक सोचको बिकास र समाजबादको निर्माणको लागि युवाहरुले गहिरिएर चिन्तन मनन गर्नु पर्ने समय आएको छ। विभिन्न कालखण्डमा भएका परिवर्तन लाई सस्थागत गर्न, समाजमा सकारात्मक सोचको बिकास गर्न, समुन्नत नेपाल र सुखी खुशी नेपालीको नारालाई पुर्णता दिन र जनताको घरमा आएको सिंहदरवारलाइ सुदृढ गर्दै लैजान र भाबी पुस्ता लाई सभ्य तथा समृद नेपाल निर्माण गरि हस्तान्तरण गर्न युवाले विभिन्न राज्य संचालनको अग्र मोर्चा सम्हाल्दै अगाडि बढ्ने र बढाउने प्रतिबद्धता गर्नु राज्य र विभिन्न क्षेत्रले महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने आजको आबश्यकता हो। अनि मात्र सभ्य समाज निर्माण हुनेछ भन्ने अहिलेको आबश्यकता र युवाहरुको निष्कर्ष हो। (लेखकः माओवादी केन्द्रका तुलसीपुर नगर कमिटि सदस्य तथा तुलसीपुर ५ का सहइञ्चार्ज तथा अखिल क्रान्तिकारीका प्रदेश सचिबालय सदस्य हुन् ।)