पुरुषलाई हनि ट्रयापमा पारेर ५० लाख बार्गेनिङ गर्ने ३ जना महिला सबै धरौटिमा छुटे

दाङ २१ असाेज।

दाङको एक होटेलमा पुरुषलाई बोलाई हनिट्रयापमा पारी ५० लाख बार्गेनिङ गर्ने तिन जना पेशेवर महिला धरौटिमा छुटेका छन । दाङ जिल्ला अदालतले लोभलालच देखाइ नजिक भइ हनि ट्रयापमा पारेर पैसा असुल्ने तीन जना महिलाको गिरोहलाई धरौटीमा छोड्न आदेश दिएको हो । जिल्ला अदालतका न्यायाधीस डिल्लिराज शर्मा अर्यालको एकल इजलाशले थुनछेक आदेस अन्तरगत महिलालाई धरौटिमा रिहा गर्न आदेश दिएको हो । । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपि सुरेसप्रसाद काफ्लेले अदालतको आदेश बमोजिम हनि ट्रयापमा पक्राउ परेका घोराही १५ का ३२ बर्षिया सीतादेवी थापा १ लाख ५० हजार रुपैयाँ, ३५ बर्षिया खुमा वली ८० हजार र ३२ बर्षिया सुस्मा परियार ७० हजार रुपैयाँ धरौटि राखेर छुटेको जानकारी दिए ।
जबरजस्तीकरणी मुद्धा दर्ता गरिदिने भन्दै आर्थिक लाभ लिन खोजेको अभियोगमा दाङमा प्रहरीले तीन जना महिलालाई पक्राउ गरेर सार्वजनिक गरेको थियो ।
घोराहीका एक जना पुरुषसँग होटलमा बसेर मादक पदार्थ पिएपछि विवाद सिर्जना गरेर जबरजस्तीकरणी मुद्धा दर्ता गर्ने त्रास देखाई आर्थिक लाभ लिन खोजेको अभियोगमा तीन जना महिलालाई पक्राउ गरेको थियो । पक्राउ परेकी सीतादेवी थापाले गएको असार ६ गते घरायसी समस्या परेको र सहयोग गर्नुपर्ने भन्दै ती पुरुषलाई घोराहीको कोहिनुर रेष्टुरेन्टमा बोलाई उक्त घटना गराएको प्रहरीले जानकारी दिएको थियो ।


होटलमा बसेर मादक पदार्थ पिएपछि घर फर्कने क्रममा सीतादेवी खाटमा पल्टिएको र उनीहरुले बोलाएको पुरुषलाई गाली गलौज गर्दै जबरजस्तीकरणीमा मुद्धा दर्ता गर्ने भन्दै धम्की दिएको ती पुरुषले प्रहरीमा दिएको निबेदनमा उल्लेख छ ।
अर्को दिन ती पुरुषलाई फोन गरी ती महिलाहरुले पैसामा मिलाउन र यदि त्यसो नभए मुद्धा दर्ता गर्ने भने पछि प्रतिष्ठामा आँच आउने सोचले एक लाख रुपैयाँ नगद र १७ लाख रुपैयाँको चेक दिएको प्रहरीलाई बताएका छन् । प्रहरीले सितादेबिको कोठामा खानतलासी गर्दा चेक, तमसुक बरामद गरिसकेको छ ।
ती महिलाहरुले ५० लाख रुपैयाँ माग गरेपछि ती पुरुषले आबस्यक प्रमाण सहित प्रहरीमा उजुरी गरेका थिए । पक्राउ परेकाहरु बिरुद्ध अपराधिक विश्वासघात तथा अपराधिक लाभ सम्बन्धी कसुरमा मुद्धा दर्ता गरिएको थियो ।
उक्त कसुरमा ३ बर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था रहेको छ । ती महिलाहरुले भने आफुहरुलाई फसाईएको बताएका थिए । आफुहरु बिरुद्ध मुद्धा दर्ता गर्ने पुरुष नै दोषी भएको उनीहरुको भनाई छ । प्रहरीले मुलुकी अपराध ऐनको दफा २५३ अन्तरगत ३ बर्ष कैद सजायको माग गर्दै मुद्दा चलाएको हो ।