तुलसीपुरमा मोटरसाईकल दुर्घटना हुँदा २ जना घाईते

तुलसीपुर, १३ कात्तिक ।
दाङको तुलसीपुरमा दुई मोटरसाईकल ठोकिदा २ जना घाईते भएका छन् । पश्चिमबाट तुलसीपुर तर्फ आउँदै गरेको रा ६ प २९५६ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट जादै गरेको रा ३ प ९३२६ नम्बरको मोटरसाईकल आज दिउँसो ३ः १५ बजेतिर कृष्ण मन्दिर नजिकै एक आपसमा ठोक्किएर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।


घाईते हुनेमा तुलसीपुर तर्फ आउँदै गरेको रा ६ प २९५६ नम्बरको मोटरसाईकल चालक तुलसीपुर ७ मोतिपुर निवासी १९ वर्षिय शिव केसी र मोटरसाईकल पछाडी सवार तुलसीपुर ६ वरुवागाउँ निवासी ७३ वर्षिय लाल बहादुर खत्री रहेका प्रहरीले जानकारी दिएको छ । घाईतेहरुको अहिले राप्ति प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ भने ठक्कर दिने मोटरसाईकल चालक फरार रहेको र खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।