आचारसंहिता कार्यान्वयनमा दलहरुको प्रतिबद्धता,गणतान्त्रीक मोर्चाले चुनावमा भाग नलिने

सुशील बस्नेत,
दाङ,१० बैशाख ।
स्थानीय तह निर्वाचन आचार संहिता कार्यान्वयन गर्न प्रतिबद्ध रहेको दाङका राजनीतिक दलहरुले बताएका छन् ।
संबाद समूह दाङले तुलसीपुरमा आयोजना गरेको स्थानीय तह निर्वाचन : निर्वाचन आचार संहिता कार्यान्वयन बिषयक संबाद कार्यक्रममा शनिबार निष्पक्ष,धाँधलीरहित,बिश्वसनिय,मर्यादीत र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न जारि आचार संहिता कार्यान्वयन गर्न प्रतिबद्धता जनाएका हुन ।
संबाद कार्यक्रममा नेपाली काग्रेस दाङका सहसचिब राजु आचार्य, नेकपा एमालेका बिनोद शर्मा, नेकपा माओबादी केन्द्रका शेषुराम भण्डारी,नेकपा एकिकृत समाजबादी पार्टीका बिष्णुबहादुर थापा,राष्ट्रिय जनमोर्चाका श्यामलाल पोख्रेल, राप्रपाका दिपक केसी, नेकपा बिप्लप नेतृत्व ईश्वरी प्रसाद पाण्डे र थरुहटका शरण थारु,राष्टिय जनमुक्ति पार्टीका धनराज स्वर्णकारले राजनीतिक दलका लागि बनाईएको आचार संहिता कार्यान्वयन गर्न र गराउन आफु र आफ्नो पार्टी प्रतिबद्धत हुने बताउनुभयो । आचार संहिता समेत समयानुकल बनाइएकोले कार्यान्वयनका लागि सहज भएको उहाँहरुले बताउनुभयो । तर सि.पी. गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रीक मञ्चका ईश्वरी प्रसाद गैरेले स्थानीय तह निर्वाचन २०७९मा भाग नलिने जानकारी दिनुभयो । नाटकिय ढंगले एमसीसि परियोजना पास गरेकाले पार्टीले चुनावमा भाग नलिने बताउनुभयो । आगामी बैशाख १३ गतदेखि १७ गते सम्म गाँउ गाँउ जाने र निर्वाचनमा भाग नलिन मतदाताहरुलाई आह्वान गर्ने जानकारी दिनुभयो । त्यसै कार्यक्रमबाट नेकपा बिप्लप नेतृत्वका ईश्वरी प्रसाद पाण्डेले भने स्थानीय तह निर्वाचनमा पार्टीले भाग लिन लागेको जानकारी दिनुभयो । आम नागरिकहरुको आग्रह र अपेक्षाका कारण पार्टीले चुनावमा भाग लिन थालेको बताउनुभयो ।
उक्त कार्यक्रममा लुम्बिनी प्रदेश निर्वाचन कार्यालयका अधिकारी नारायण प्रसाद भण्डारीले निर्वाचन आचारसंहितामा राजनीतिक दलले पालना गर्नुपर्ने ब्यबस्थाका बारेमा जानकारी गराउनुभएको थियो । साथै कुनेै ब्यक्ति निर्वाचनमा भाग नलिने,मतादधिकार प्रयोग नगर्ने अधिकार छ तर राजनीतिक दल वा संघसंस्थाले त्यस किसीमका गतिबिधि गर्नु प्रचलित कानुन अनुसार बान्ञ्छनीय नहुने बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि टंक गौतमले आचार संहिता कार्यान्वयनका लागि ब्यबस्था गरेको ऐन कानूनलाई कार्यान्वयन गर्न निर्वाचन अनुगमन समिति हरदम दृढ रहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको संयन्त्रले आचार संहिता उल्घंन हुन नदिने बताउनुभयो । निर्वाचन शान्तिपूर्ण र मर्यादित तथा बिश्वसयिन बनाउन परेका उजुरी र प्रमाणका आधारमा कारर्बाही गरिने जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि एव प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले बताउनुभयो ।
सहभागि सिमा न्यौपाने,पदमा चौधरी र कमला जिसीले २०७४ सालको स्थानीय तहको निर्वाचनमा ३३ प्रतिसत महिलाहरुको सहभागिता रहेकोमा यसपटक बिभिन्न बहानामा २५ प्रतिसत पनि महिलाको सहभागिता हुन नसक्ने अबस्था सृजना गराईएको भन्दै राजनीतिक दलहरुको आलोचना गर्नुभयो ।
संबाद समूहका सदस्य टिकाराम रेग्मी र ठाकुर रोकाले धन्यबाद ज्ञापन गर्नुभएको थियो भने बरिष्ठ सहजकर्ता सुशील बस्नेतले कार्यक्रम बारेमा प्रकास पार्नुभएको थियो । कार्यक्रमको सहजीकरण सहजतकर्ता निर्मल नेपालीले गर्नुभएको थियो ।
स्थानीयन तह निर्वाचनलाई मर्यादीत,बिश्वसनीय,शान्तिपूर्ण बनाउन संबाद समूहले बिभिन्न तह र बिभिन्न पक्षसँग संबाद कार्यक्रम गर्दै आएको छ । यसअघि संबिधान सभा निर्वाचन,स्थानीय तह निर्वाचन र संघिय निर्वाचनमा शान्तिपूर्ण,मर्यादीत र बिश्वसनीय निर्वाचनका लागि संबाद कार्यक्रम सञ्चालन गरेको थियो ।