हापुरे, ९ मंसिर ।
दाङको बबई गाउँपालिकाका पसलहरु शनिबारका दिन बन्द गर्न हापुरे उद्योग हापुरे बाणिज्य संघले अनुरोध गरेको छ । शुक्रबार एक सुचना जारी गर्दै तिज,दशैं र तिहार जस्ता ठुला चाडपर्वलाई लक्षित गर्दै शनिबारका दिन समेत खुल्ला रहेका पसलहरु अब भने बन्द गर्न अनुरोध गरिएको छ।
शुक्रबार राति १२ बजेदेखि उद्योग बाणिज्य संघको महातहतमा रहेका सम्पूर्ण पसलहरु शनिवारका दिन बन्द गर्ने निर्णय गरिएको बताउदै हापुरे उद्योग बाणिज्य संघका अध्यक्ष टिकाराम खत्रीले सुचनालाई अटेरी गरि पसल खोलेमा नियम अनुसार कार्वाही गरिने बताएका छन् ।
लाइभदाङ । ९ मंसिर २०८०, शनिबार ०७:५६ बजे