भैलो रकमले विद्यालयलाई सांस्कृतिक सामग्री

दाङ,४ मंसिर ।
दाङको तुलसीपुर स्थित एक विद्यालयका शिक्षक र विद्यार्थीले देउसी भैलो खेलेर संकलन गरेको रकमले सांस्कृतिक सामग्री खरिद गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ स्थित मावि अस्वाराका शिक्षक र विद्यार्थीले खेलेर संकलन गरेको भैलो रकमबाट शुक्रबारे कार्यक्रमकालागि आबश्यक पर्ने सामग्री खरिद गरि विद्यालयलाई हस्तान्तरण गरेको हो ।

भैलोबाट संकलन भएको दुई लाख रकमले सामग्री खरिद गरिएको शिक्षक दीपक वलीले जानकारी दिनुभयो । उहाँका अनुसार एक लाखको साउन्ड सिस्टम, ५० हजार रुपैँयाको बाध्यबाधन तथा सांस्कृतिक ड्रेस खरिद गरिएको छ । संकलन भएको मध्ये २० हजार रुपैँया खाजा, यातायातलगायतमा खर्च भएको छ ।


विद्यालयमा अध्ययनरत ४० जना विद्यार्थी तथा सम्पूणर् शिक्षकहरु सहभागी भइ भैलो खेलिएको थियो । संकलन भएको रकमलाई भोजभतेर गरेर खर्च गर्नुभन्दा आबश्यक सामग्रीले दिगो रुपमा काम दिने भन्दै ति सामग्री खरिद गरिएको शिक्षक वलीले बताए ।“विद्यालयमा सांस्कृतिक सामग्रीको अभाब थियो”,उनले भने “भोजभतेर गरेको भए,त्यो रकम सकिन्थ्यो, हामीले पछिसम्म काम लाग्ने भएकाले सांस्कृतिक सामग्री खरिद गरेका हौं ।”