दाङ,२६ कात्तिक । प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामकुमार केसीले नेपाल प्रहरीको परिक्षा केन्द्रित ‘पेशागत अभिवृत्ति परीक्षण प्रश्नोत्तर’ नामक पुस्तक बजारमा ल्याएका छन् ।
केसीले हालसालै नेपाल प्रहरीका इन्स्पेक्टर र प्रहरी सहायक निरीक्षक (असई) तहको खुल्ला प्रतियोगितात्मक परिक्षा केन्द्रित नयाँ पाठ्यक्रममा आधारित पुस्तक बजारमा ल्याएका हुन् । नेपाल प्रहरीको इन्स्पेक्टर र असईमा भर्ना हुन इच्छुकहरुका लागि यो पुस्तक अत्यन्तै उपयोगी रहेको छ ।
सरल र सारंसमा लेखिएको यस पुस्तक प्रहरीमा भर्ना हुन चाहने तर अध्ययनका लागि समय कम भएकाहरुका लागि निकै महत्वपूणर् मानिएको छ । प्रहरी संगठनमा सेवा गर्न इच्छुक भई आवेदन दिने उम्मेदवारहरुको मागलाई सम्बोधन गर्ने गरी पूणर् रूपमा परीक्षा केन्द्रित फर्म्याटमा सरल र स्पष्ट रूपमा प्रश्नोतर मोडलमा यो पुस्तक प्रस्तुत गरिएको छ ।
पाठकहरुको आवश्यकता र मागलाई यथोचित सम्बोधन गर्न मौलिक प्रश्नोतर शैली, अर्गानिक उत्तर, सरलता, बोधगम्यता र रचनात्मकताले गर्दा यो पुस्तक पर्याप्त खुराक बन्ने केसी बताउँछन् ।
‘‘यस पुस्तक खासमा परिक्षा केन्द्रित बनाएर लेखिएको छ । यदी कसैले मसँग समय कम छ, मैले धेरै अध्ययन गर्न सक्दिँन अथवा लामो पढेर सम्झन सक्दिँन भन्छन् भने उनीहरुका लागि यस पुस्तक बढी उपयोगी हुन्छ’, केसीले भने, ‘छोटो र सबै कुराहरु प्रश्न र उत्तरसहित लेखिएकाले यो पढेपछि परिक्षा पास गर्न सजिलो छ । ’ पुस्तकमा एचयाभककष्यलब िद्यभजबखष्यचब ित्भकत (एद्यत्) लाई विशेष प्राथमिकता दिईएको छ भने लोकसेवाले सोध्न सक्ने सम्भावित प्रश्न तथा उत्तरहरु पनि समावेश छन् ।
सुरुमा एक हजार प्रति छापिएको यस पुस्तक देशैभर पाइन्छ । बजारमा गएको छोटो समयमै पुस्तकको बिक्री राम्रो भएको र माग थपिएको भन्दै केसी उत्साहित छन् । असईका लागि १० र इन्सेक्टरका लागि १० गरि २० सेट नमूना प्रश्नउत्तर सेट समावेश गरिएको पुस्तक करिब ४ सय पेजको छ ।
पाठ्यक्रमको पूणर् रूपमा अध्ययन गरेर यस्तो यस्तो प्रश्न सोध्न सकिन्छ अनि यसरी लेख्दा उत्तरपुस्तिका परीक्षणकर्ता प्रभावित भई उच्च अंक पाउन सकिन्छ भन्ने कुरालाई मनन गरी तयार पारिएको यस पुस्तकमा सम्भावित प्रश्नहरुको समाधान, थप अभ्यासका लागि प्रहरी सहायक निरीक्षक र प्रहरी निरीक्षकका लागि छुट्टाछट्टै १०/१० सेट नमुना प्रश्नपत्र समावेश छन् । यस पुस्तकको भरपर उपयोग गरी नेपाल प्रहरी सेवामा प्रवेश गर्न लिईने परीक्षामा सफलता प्राप्त गर्न सुमार्गदर्शन बन्नेछ भन्ने विश्वास लिएको छु’, उनले भने ।
इन्स्पेक्टर केसीको प्रहरी सहायक निरीक्षक असई क्याप्सुल पुस्तक यसअघि नै प्रकाशित भइसकेको छ ।
लाइभदाङ । २६ कार्तिक २०८०, आईतवार १४:३४ बजे