तुलसीपुरमा अटो दुर्घटना तीन जना घाइते

तुलसीपुर, २३ चैत ।
दाङको तुलसीपुरमा अटो दुर्घटना तीन जना घाइते भएका छन् । घाइते हुनेमा अटोमा सवार तुलसीपुर–१३ रनियापुर निवासी ३२ वर्षीया बिमला कुमारी विक, घोराही–१६ निवासी २५ वर्षीय सुनिता गौतम र उहाँकी ५ वर्षीय छोरी अस्मिता गौतम रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार तुलसीपुर १३ रनियापुरबाट तुलसीपुर तर्फ आउदै गरेको रा १ ह ४५१८ नम्बरको नम्बरको अटो आफै अनियन्त्रीत भएर अम्वापुर नजिकै दुर्घटना भएको हो ।


घाइते तिनै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सामान्य घाइते भएका अटो चालक तुलसीपुर–१३ रनियापुरका ३० वर्षीय करण साहीलाई नियनत्रणमा लिएर घाइतेको उपचारमा संलग्न गराएको प्रहरीले जानकारी दिएको छ ।