गुरुकुलका विद्यार्थीहरु बन्द शिविरमा

घोराही, २३ कार्तिक ।
गुरुकुल विद्यालयले विद्यार्थीहरुलाई व्यवहारीक सिप सिकाउन क्लोज क्याम्पको आयोजना गरेको छ । विद्यालयले कक्षा ९ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई मर्पेस डाँडामा क्लोज क्याम्प गराएको छ ।

विद्यार्थीहरुले सिकेको ज्ञानका बारेमा पत्रकार सम्मेलनको आयोजन गरि जानकारी गराएका छन् । त्यस अवसरमा विद्यार्थी शुभेच्छा पाण्डेले आफुहरुलाई क्लोज क्याम्पले नँया कुरा सिक्ने अवसर प्रदान गरेको बताइन् । क्लोज क्याम्पमा आफुले पहिलो पटक खाना पकाउन सिकेको बताइन् । आफैले खाना पकाएर खानु पर्दा खाना पकाउन सिकेको उनको भनाइ रहेको छ । कितावी पढाइ मात्र नभइ व्यवाहरीक रुपमा सिक्न पाउदा आफुहरुलाई सहयोग पुगेको उनको भनाइ रहेको छ ।


रितु थापाले सामुहिक कार्य गर्ने सिकाइ भएको बताइन् । दृष्टि अधिकारीले प्रकृति र वातावरणको बारेमा वुझन पाएको बताइन् । समयको महत्व बुझ्न पाएको उनले बताइन् । कुन्दन केसीले विद्यार्थीहरुमा सकारात्मक सोचको विकास गराउन गराउन सहयोग पुगेको बताए । प्रज्ञा अधिकारीले आफुहरुले आफै फिल्ड भिजीट गर्दा उक्त क्षेत्रमा बसोबास गर्ने नागरिकको अवस्थाका बारेमा जानकारी लिन पाएको बताइन् ।

उनीहरुले अहिलेसम्म यस प्रकारको वातावरणमा घुलमिल हुन र ग्रामिण भेगको जीवन स्तर बुझ्ने मौका पाएका थिएनन् । गुरुकुलले शिक्षासंगै थप यो अवसर पनि प्रदान गरेको छ । कार्यक्रम विद्यालयका सहायक प्रिन्सीपल मुकुन्द गिरीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा क्लोज क्याम्पका अफिसर इन्दप्रसाद पोख्रेलले विद्यार्थीहरुलाई व्यहारीक सिकाइमा सहयोग पुगेको बताउनुभयो । कार्यक्रमको सहजिकरण विद्यार्थीहरु अंशु खनाल र रुपम पौडेलले गरेका थिए । विद्यालयले हरेक वर्ष यस प्रकारको कार्य गदै आएको छ ।