जिल्ला ए डिभिजन लिग फुटबल सुरु हुँदै

लक्ष्मण बस्नेत
दाङ, ४ असार ।
दाङको बेल्झुन्डी रंगशालामा भोलि बुधबार देखि जिल्ला ए डिभिजन लिग फुटबल प्रतियोगिता २०८१ सुरु हुदैछ । दाङ जिल्ला फुटबल संघको आयोजना तथा अखिल नेपाल फुटबल संघ एन्फाको तत्त्वाधानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा बडहरा फुटबल क्लब घोराही र युनाईटेड फुटबल क्लब तुलसिपुर बिच प्रतिस्पर्धा हुनेछ ।

असार १९ गते सम्म संचालन हुने प्रतियोगितामा जिल्लाका १२ क्लबको सहभागिता रहेको छ । लिग कम नकाउट प्रणालीका आधारमा खेलाईने प्रतियोगितामा सहभागी क्लबलाई दुई समुहमा विभाजन गरिएकोछ ।

समूह ए मा युनाईटेड फुटबल क्लब तुलसीपुर, न्यु स्टार फुटबल क्लब नारायणपुर,सक्सेस फुटबल तुलसीपुर, बडहरा फुटबल क्लब घोराही, एसएसएफए तुलसीपुर र इनोभेटिम ज्ञानज्योती फुटबल क्लब तुलसीपुर रहेका छन् ।


त्यस्तै समूह बि मा नवलपुर फुटबल एकेडेमी घोराही,टाईगर युवा क्लब तुलसिपुर, युएनबिसी घोराही,किसान जागृत युवा क्लब घोराही, राप्ती फुटबल क्लब घोराही र लक्ष्य युबा क्लब तुलसीपुर रहेको दाङ जिल्ला फुटबल संघका अध्यक्ष संजात धितालले जानकारी दिनु भएकोछ।

समूह ए र समूह बि का बिजेता,उपबिजेता टिमले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । लिगको बिजेताले नगद ५० हजार, कप,मेडल प्रमाणपत्र हात पार्नेछ। त्यस्तै उपबिजेताले नगद २५ हजार,मेडल,प्रमाणपत्र हात पार्नेछ ।

झन्डै दुई साता अधि दाङ जिल्ला फुटबल संघले जिल्ला स्तरिय बि डिभिजन लिग क्वालिफायर्स नकाउट फुटबल प्रतियोगिता सम्पन्न गरेको थियो ।