भुकम्पको क्षति‌(फाेटो फिचर)

काठमाडौँ, १८ कार्तिक । शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको  हो ।

जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि भएको छ । भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुश भएको थियो ।


भूकम्पबाट जाजरकोट, पश्चिम रुकुमसहितका जिल्लाहरुमा घरहरुमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।  भूकम्पले घरहरुमा क्षति पुगेको जाजरकोटका डिएसपी सन्तोस रोकाले बताए ।

हेरौं क्षतिग्रस्त घरहरुको तस्बिर :