तिमी

– विशाल गुप्ता

कुकर्मीका लागि अत्याचारी बन्यौँ
जुवाडे नेतालाई कुटेर तिमी
गौरव देशको शिकारी बन्यौं
एकता मुलुकमा उठेर तिमी

साँच्चै कलियुगको आविश्कारी बन्यौं
राजनीतिको शिर माथि टेकेर तिमी
अत्याचारी जीवनमा महामारी बन्यौं
भ्रष्टाचारीलाई रोकेर तिमी


हेर कलियुगको अभारी बन्यौं
मेरो राष्ट्रको चिनो हिमाल तिमी
तिमी त विश्वको सवारी बन्यौ
मेरो लागी साँच्चै नेपाल तिमी

साच्चै आज नेपाली बन्यौं
विश्वको सामु छाती ठोकेर तिमी