हाम्रा संस्कृतिले सभ्य समाज निर्माण गर्न प्रेरित गर्छ : पोखरेल

गोकर्ण पौडेल
तुलसीपुर, ६ कार्तिक ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले संस्कृतिले सभ्य समाज निर्माण गर्न प्रेरित भएको बताउनुभएको छ । बडा दशै,शुभ दीपावली छठ एवम् नेपाल संवतका अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९मा रहेको नयाँ पाइला पुन : स्थापना केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले नेपाली संस्कृति र संस्कार खराब प्रवृतिका विरुद्धमा भएकाले बताउनुभयो । उहाँले संस्कृतिका नाममा फैलिएका विकृतिलाई उदाउँदो पुस्ता हटाउँदै जानुपर्ने बताउनुभयो ।

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका पोखरेलले नेपालमा सीमाका कारण लागुपदार्थ दुव्र्यशनी बढ्दो क्रममा रहेकाले नेपाल सरकारले नियन्त्रणमा विशेष साधवधानीपूर्वक अभियाननै थाल्नुपर्ने बताउनुभयो । उहाँले समाजमा बढ्दो दुव्र्यशनी हटाउनका लागि गृहमन्त्रालयको मात्रै पहलकदमी कमी भएकाले विद्यालय तहबाटै सचेतना अनिवार्य रहेको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पोखरेलले पछिल्लो समयमा घर परिवारका अभिभावकहरुले बालबालिकाहरुमा कार्य व्यस्तताका कारण चासो नदेखाएका कारण दुव्र्यशनीको समस्या थप विकराल बन्दै गएकाले अभिभावकहरुले चासो बढाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नगरप्रमुख टीकाराम खड्काले पालिकाकोतर्फबाट लागुपदार्थ दुव्र्यशनी सचेतनाको कार्यक्रम बढाएपनि विद्यालय तहसम्म नै नपुग्दा प्रभावकारी बन्न नसकेको बताउनुभयो । उहाँले प्रहरी सक्रियता र अभिभावक शिक्षा अनिवार्य रहेको बताउनुभयो ।


नगरप्रमुख खड्काले समन्वय र सहकार्यमा दुव्र्यशनीका विरुद्धका कार्यक्रम गर्दै आएको बताउनुभयो । प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख रामबहादुर केसीले देशकै जनशक्ति युवा लागु पदार्थ दुव्र्यशनीमा बढिरहकाले यसको नियन्त्रणको सबैको सहयोग, चासो अपरिहार्य रहेको बताउनुभयो ।

कार्यक्रममा दाङ उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशी,नार्कोनन नेपालका लुम्बिनी प्रदेश कार्यक्रम संयोजक वसन्त पुन,घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका वरिष्ठ उपाध्यक्ष भरतमणि पाण्डे,पत्रकार महासंघ दाङका सहसचिव दिप्तीशिखा चौधरी,स्वच्छ नेपाल दाङका अध्यक्ष बिन्दु गिरी,स्वास्थ्यकर्मी डिल्ली केसी लगायतका वक्ताहरुले बोल्नुभएको थियो ।

संस्थाका सल्लाहकार सुनिलकुमार पोख्रेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका सल्लाहाकार सुन्दर गौतमले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने धन्यवाद ज्ञापन सल्लाहकार सुष्मा गिरी लामिछानेले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका प्रेस सल्लाहकार गोकर्ण पौडेलले गर्नुभएको थियो ।