बैंकबाट पैसा निकालेर प्रेमिका भेट्न जाँदै गरेका युवक लुटिए

तुलसीपुर, १ कात्तिक ।
बैंकबाट पैसा निकालेर प्रेमिका भेट्न जाँदै गरेका एक युवक तुलसीपुरमा लुटिएका छन् । तुलसीपुर उपमहानगरपालिका-८ कृष्ण मन्दिरका १७ वर्षीय दिनेश वली प्रेमिका भेट्न सशस्त्र क्याम्प नजिकै पातुखोलामा गएको अबस्थामा लुटपाटमा परेका हुन् ।

ईप्रका तुलसीपुरका प्रमुख डिएसपी ठाकुर पोखरेलका अनुसार एटीएमबाट पैसा निकालेर दशैं बिदामा घर जान लागेकी प्रेमिका भेट्न गएको अबस्थामा लुटिएका हुन् । बुधबार विहान ११ः४५ बजेतिर एक लाख रूपैँया र एउटा मोबाइल सेट लुटिएको हो ।


उनलाई लुटपाट गरेको आरोपमा तुलसीपुर ५ नयाँ बसपार्कका १८ वर्षीय सुनिल मगर र २० वर्षीय आयुष विकलाई पक्राउ गरेको छ । दिनेश सँग आयुषले पहिले फोन गर्न मोबाइल मागेको र पछि एकलाख पैसा समेत लुटेर भागेको प्रहरीले जनाएको छ ।

लुटपाट गरेर भागेका आयुष र सुनिललाई तुलसीपुर १० राइखलियानबाट पक्राउ गरेको हो । सुनिलको साथबाट ९० हजार र आयुषको साथबाट १० हजार र मोबाइल बराम भएको प्रहरीले जनाएको छ ।