रेडक्रसको आयोजनामा तीन दिने लैङ्गिकता सम्बन्धि तालिम सुरु

तुलसीपुर,२ असार ।

नेपाल रेडक्रस सोसाइटी दाङको आयोजना तथा डेनिस रेडक्रसको आर्थिक सहयोगमा तीन दिने लैङ्गिकता र समावेसीता सम्बन्धि तालिम आजबाट घोराहीमा शुरू भएको छ । रेडक्रस दाङका उपसभापति मदन गौतमको सभापतित्व तथा दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको प्रमुख आतिथ्यमा भएको उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारीले वर्तमान समयमा समावेसीता तथा लैङ्गिकताको सवाल उठ्दै गएको बताउदै शभ्य समाज निर्माणमा तालिमले थप सहयोग पु¥याउने बताउदै विपत्तिको साथि रेडक्रस भएको बताउदै मानवीय र सेवामुलक कार्यको दायरा बढाउदै लगोस् भन्ने चाहना व्यक्त गरेका थिए ।


सो अवसरमा जिल्ला प्रहरी प्रमुख शंरद काफ्ले र रेडक्रसका उपकोषाध्यक्ष भगवती शर्मा, मन्त्री प्रकाश श्रीबन्द्रले भनाई राखेका थिए । तालिम राजपुर, गढवा र बबई गाउँपालिका का कार्यपालिका सदस्य, महिला सदस्य र महिला बालबालिका, महिला विकास अधिकृत, रेडक्रस उपशाखा प्रतिनिधि तथा जिल्ला शाखाका पदाधिकारीसहित २४ जनाको सहभागिता रहेको तालिमको सहजीकरण रेडक्रस केन्द्रका पुजा कोइराला, सवतम पोख्रेल र रमा ढकाल रहेका छन् । कार्यक्रम अधिकृत जगत तामाङले सहजीकरण गरेकोे कार्यक्रमको स्वागत मन्तव्य प्रकाश श्रीबन्द्रले गरेका थिए ।