बर्दाघाट नगरपालिकाले चुम्यो तेस्रो सिटि कपको उपाधी

लक्ष्मण बस्नेत
असोज ३० दाङ ।
दाङको शान्तिनगरमा संचालित तेस्रो सिटि कप खुला पालिका स्तरिय पुरुष भलिबल प्रतियोगिता २०८० को उपाधी बर्दाघाट नगरपालिका नवलपरासीले जितेको छ ।
सिटि युथ क्लब शान्तिनगर ६ र ७ को आयोजनामा श्री शिव शक्ति माबी धनौरीको खेल मैदानमा संचालित प्रतियोगिताको आज मंगलबार सम्पन्न फाईनल खेलमा त्रीवेणी गाउँपालिका रोल्पालाई २५-१६,२५-१८ २८-२६ को सोझो सेटमा पराजित गर्दै बर्दाघाटले उपाधी जितेको हो ।
उपाधी संगै उसले नगद ८५ हजार,कप, मेडल प्रमाणपत्र हात पार्‍यो । फाईनलमा पराजित त्रीवेणी उपबिजेतामा सिमित रहदै नगद ५० हजार,कप,मेडल,प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो । त्यस्तै कालिमाटी गाउँपालिका सल्यान तृतीय भयो ।
उसले नगद २५ हजार,कप,मेडल प्रमाणपत्र हात पारेको प्रतियोगिता संचालन समितिका संयोजक आनन्द बुढाथोकीले जानकारी दिनु भएको छ ।
प्रतियोगिताको समापन समारोह क्लबका अध्यक्ष जितेन्द्र चौधरीको अध्यक्षतामा तथा शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रमको संचालन क्लबका सचिब खोप बहादुर बुढाथोकीले गर्नु भएको थियो । प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी मध्य व्यक्तिगत बिधा तर्फ सर्वोउत्कृट खेलाडी बर्दाघाट नगरपालिकाका कमल गहतराज भए । उनले ट्रफी र नगद १ हजार ५ सय हात पारे । त्यस्तै वेस्ट स्पाईकर खुम बहादुर खत्री,वेस्ट सर्भर रेशम छन्त्याल , वेस्ट सेटर बालाराम गुरुङ,वेस्ट ब्लकर छवि गुरुङ,वेस्ट डिफेन्डर शिव पुन,वेस्ट कोच भिम बहादुर घर्तिमगर भए । सबैलाई जनही नगद ५ सय र ट्रफी प्रदान गरिएको थियो । तीन दिन सम्म संचालित प्रतियोगिता अवधिभर रेफ्रीको भुमिकामा राष्ट्रिय रेफ्री द्रोण चन्द रहनु भएको थियो । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो ।