अन्तर विद्यालय बास्केटबल प्रतियोगिता सुरु

घोराही, १७ भदौ ।
विद्यालय स्तरीय बास्केटबल प्रतियोगिता आजबाट सुरुभएको छ । गुरुकुल एकेडेमी घोराहीको आयोजनामा भएको बास्केटबल प्रतियोगिताको लुम्बिनि प्रदेशका स्वास्थ्यमन्त्री तथा प्रदेश सभा सांसद राजु खनालले बललाई बास्केटमा हालेर उद्धघाटन गर्नुभएको हो ।

प्रतियोगिता उद्घाटन समारोहका प्रमुख अतिथि समेत रहनुभएको सांसद खनालले विद्यालय स्तरबाट नै यस्ता प्रतियोगिता हुँदै जाने हो भने केन्द्रिय स्तरका खेलाडि उत्पादन हुनेमा जोड दिनुभएको हो ।

उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । साथै उहाँले गुरुकुल एकेडेमीले आयोजना गरेको अन्तर विद्यालय स्तरीय बास्केटबल प्रतियोगिताले पछिल्लो समय लोप हुदै गएको यो खेलको गरीमा बचाइराख्ने पनि बताउनुभयो । विद्यालय स्तरमा अध्ययन गर्दै गरेका विद्यार्थिहरुमा विभिन्न किसिमका कला जस्तै कुनै विद्यार्थि खेलकुदमा अगाडि हुने , कुनै नृत्य ,गायन लगायतका विधामा अगाडि हुने भएको हुँदा जुन विधामा अब्बल छ त्यहि विधामा उसलाई अगाडि बढाउनु पर्नेमा पनि उहाँले जोड दिनुभयो । ‘शिक्षासंगै खेलकुद पनि निकै आवश्यक रहेको बताउदै बास्केटबल खेललाई उच्चस्तरीय खेल बनाउन स्थानिय तहसंग समन्वय गनुपर्छ’ उहाँले भन्नुभयो । बास्केटबल खेललाई निरन्तरता दिन लुम्बिनी प्रदेश सभामा आवाज उठाउने र आवश्यक बजेटका लागि पहल गर्ने समेत उँहाले बताउनुभयो ।

कार्यक्रममा दाङ जिल्ला बास्केटबल संघका अध्यक्ष विपिन केसी ,उपाध्यक्ष प्रज्ववल शाह तथा विभिन्न विद्यालयका प्रधानाध्यापकहरुले शुभकामना मन्तब्य राख्नुभएको थियो । विद्यार्थिहरुलाई खेल क्षेत्रमा विकसित गराउने तथा लोप हुँदै गएको बास्केटबल खेललाई बचाईराख्न साथै शारिरीक फिट राख्न यो कार्यक्रमको आयोजना गरीएको गुरुकुल एकेडेमी घोराहीका संस्कार प्रमुख तथा प्रतियोगिताका संयोजक भुगोल कँवर मगरले जानकारी दिनुभयो ।


गुरुकुल एकेडेमी घोराहीले २०८० सालबाट प्रतियोगिता सुरु गरेको हो । गुरुकुल एकेडेमी घोराहीका प्रधानाध्यापक डा. कृष्णराज डिसिको अध्यक्षतामा तथा विद्यालय संयोजक महेन्द्र पौडेलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन आइएसए संयोजक इन्द्र प्रसाद पोख्रेलले गर्नुभएको थियो ।

यस्तै आजबाट सुरुभएको बास्केटबल प्रतियोगिताको उद्धघाटन खेल गुरुकुल ए र गोरखा बि समुह बिच खेल भएको थियो । जसमा गुरुकुल ए समुहले गोरखा बि समुहलाई ३९ अंकका बिरुद्ध ५७ अंक लिएर खेल जितेको थियो ।

यस्तै दोस्रो खेलमा गोरखा ए ले गुरुकुल बि लाई १० का बिरुद्ध ८० अंक लिएर खेल जितेको थियो यस्तै तेस्रो खेलमा जनज्योतिले गोरखा लमहिलाई २३ का बिरुद्ध ३२ लिएर खेल जितेको थियो ।

यस्तै चौथो खेल गुरुकुल बि समुहले पद्यमोदयलाई २७ का बिरुद्ध २९ अंक लिएर जितेको हो । लिग चरणमा खेलाइएको प्रतियोगिता २० गते सम्म चल्ने छ ।