अल्पाईन युनिफर्मले मानव सेवा आश्रममा आश्रितलाई खाना खुवायो

तुलसीपुर,२३ माघ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.६ मदन आश्रित चोक स्थित अल्पाइन युनिफर्म हाउसले मानव सेवा आश्रममा आश्रितहरुलाई खाना खुवाएको छ ।

सोमबार परेको बार्षिकोत्सवको अवसरमा तुलसीपुर ६ स्थित आश्रममा रहेका ४१ जना आश्रितलाई खाना खुवाएको हो । १० औं बार्षिकोत्सवमा युनिफर्मले खाना खुवाएको हो ।

बार्षिकोत्सवममा फजुल खर्च गर्नुहुँदा दुःखी,पीडितहरुलाई सेवा गर्नुपर्ने भन्दै आफूले सामाजिक उत्तरदायित्व अन्तर्गत आश्रितलाई खाना खुवाएको सञ्चालक नोवेल डीसीले बताए ।‘बार्षिकोत्सवमा अनाबश्यक खर्च गर्नु राम्रो होइन्’,उनले भने‘बरु त्यो खर्चलाई आश्रितहरुलाई दिदा धेरै राहात हुन्छ, त्यसैले एक दिन भएपनि हामीले खाना खुवाएका हौं ।’


युनिफर्मले १० बर्षदेखि तुलसीपुरबाट सेवा प्रदान गर्दै आएको छ । अहिले दाङ मात्रै नभई साविक राप्तीका बिभिन्न विद्यालय, संस्थाहरुले पनि युनिफर्मको सेवा लिइरहेको डीसीले बताए ।