
तुलसीपुर, १३ भदौ । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको निर्णयअनुसार दाङको बबई गाउँपालिकामा पनि शुक्रबार धर्ना संगै ध्यानाकर्षण पत्र बुझाइएको छ ।
महासंघ बबईले प्रमुख प्रशासकीय अधिकृत जोखिम वलीलाई ध्यानाकर्षण पत्र बुझाएको थियो। अध्यक्ष मानबहादुर बस्नेत र सहअध्यक्ष अमृत डाँगीले उक्त ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
नेपाल शिक्षक महासंघले शिक्षा विधेयकमा सरकारसँग भएको सम्झौताका विषय समेटिन नसकेको भन्दै देशव्यापी आन्दोलनका कार्यक्रम अघि सारेको छ।




लाइभदाङ । १३ भाद्र २०८२, शुक्रबार २३:४३ बजे