लागु औषधका फरार प्रतिवादी पक्राउ

तुलसीपुर, १४ असोज ।
दाङमा लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको गढवा गाँउपालिका वडा नम्बर ४ गंगा पुरका २४ वर्षिय अभिषेख पौडेल रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक जनक बहादुर मल्लले जानकारी दिनुभएको छ।


उनलाइ दाङ जिल्ला अदालतबाट २०७९ फागुन १८ गते लागुऔषध मुद्दामा ९ महिना ७ दिनको कैद सजाय फैसला गरेको थियो । फरार रहेका पौडेललाइ हिजो शनिबार लमही नगरपालिका वडा नंम्बर ६ देबपुरमा लुकिछिपि बसेको अबस्थामा पक्राउ गरेको हो । पौडेललाइ आज दाङ जिल्ला अदालतमा बुझाईएको प्रहरीले जनाएको छ ।