मनाङबाट प्रदेशसभा सदस्यमा कांग्रेसका मुनिन्द्रजंग निर्वाचित

काठमाडौं, ५ मंसिर ।
मनाङबाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका मुनिन्द्रजंग गुरुङ निर्वाचित भएका छन् ।

सोमबार साँझ सकिएको मत गणनाअनुसार प्रदेश क्षेत्र (१) का उम्मेदवार मुनिन्द्रले १२५५ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजनबहादुर गुरुङले ९२५ मत पाएको मनाङका मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले जानकारी दिए ।


प्रदेश क्षेत्र नं.२ मा राजीव गुरुङ (दिपक मनाङे) निर्विरोध निर्वाचित भएका थिए ।