दंगीशरण–२ मा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

प्रमोद आचर्य
दंगीशरण, १७ जेठ ।
दंगीशरण गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्यक्रमहरुको समिक्षा तथा वडा कार्यालयहरुको सेवा प्रवाह सम्बन्धि जनताको राय सुझाब तथा गुणासो सुनि जनताको प्रश्नको जवाफ दिन वडा-वडामा सार्वजनिक सुनुवाइ कार्यक्रमको शुरुवात गरेसङ्गै आज वडा नं. २ मा सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ ।

पालिकाले वडा–वडामा पुगी २४ गते पालिका स्तरीय बृहत सार्वजनिक सुनुवाइ गर्ने पालिकाका सुचना अधिकारी टेक बहादुर खत्रीले जानकारी दिनुभयो । आज वडा नं. २ को कार्यालयमा वडा अध्यक्ष डम्बर खत्रीको अध्यक्षतामा सार्वजनिक सुनुवाइ सम्पन्न भएको हो ।

कार्यक्रममा उपस्थित सहभागीहरुले स्वास्थ्य सस्था, विद्याालय,तथा वडा अध्यक्ष प्रती आफ्ना गुणासो तथा सल्लाह सुझावहरु राखेका थिए । उपस्थित सहभागीले रासायनिक मलको बिक्रि वितरण देखी गुणस्तरीय शिक्षा र महिला सहभागीतामुलक कार्यक्रमबारे गुणासो गरेका थिए ।


वडा नं. २ का प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्यसस्था, विद्यालय,वडा कार्यालयका प्रतीनिधिहरुले उठेका प्रश्नहरुको जवाफ दिदै स्पष्ट पारेका थिए । सार्वजनिक सुनुवाइमा वडा नं. २ को शिक्षा,स्वास्थ्य तथा कृषि सम्बन्धि समस्या र गुणासो सहित स्थानिय सुबाष बिसीले आफ्नो गुणासो राखेका थिए ।

५ वर्ष पहिलेको कार्यकालमा कहिले यस्तो सार्वजनिक सुनुवाइ कार्यक्रम नभएको तर अहिले पालिकाले ७ वटै वडामा पुगी सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको प्रती स्थानीयवासीले खुसि ब्यक्त गरे । दंगीशरण गाउँपालिकाका सुचना अधिकारी टेक बहादुर खत्रीले स्वागत तथा कार्यक्रमको उदश्यमाथि प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सहजीकरण गाउँपालिकाका प्रेश संयोजक प्रमोद आचार्यले गर्नुभएको थियो।