शिक्षक आन्दोलनको दिन ४ र ५ गते शिक्षकहरुलाई विब्यसले हाजिरी गर्न रोक लगायो

घोराही, ७ असोज ।
शिक्षकहरुको आन्दोलनको कारण ठप्प बनेको सामुदायिक विद्यालयको पठन पाठन दाङसहीत देशभर आजदेखी सुरु भएको छ । विद्यालयमा पठनपाठन सुरु भएपछि विद्यार्थिहरु खुसि देखीएका छन् । शिक्षकहरु विद्यालय वन्द गरेर अनिश्चतकालिन वन्दमा उत्रेपछि लाखौ विद्यार्थिहरुको पठन पाठन अवरुद्ध भएको थियो ।

यसैक्रममा दाङको घोराही ७ सौडियार स्थित मावि सौडियार माध्यमिक विद्यालयमा शिक्षक आन्दोलनकाक्रममा असोज ४ र ५ गते विद्यालय वन्द रहेकाले सो दुई दिन विद्यालयको हाजिरी पुस्तिमा हाजिर गर्नवाट विब्यसले रोक लगाएको छ । शिक्षकको आन्दोलनका कारण विद्यालयमा पठनपाठनका गतिविधि नभएका कारण त्यस दिनको विद्यालयमा हाजिरी नगर्न विब्यसकोतर्फवाट रोक लगाईएको विब्यस सदस्य जिउधन चौधरीले बताए ।

चौधरीले विहानपख सञ्चालन हुने प्लस टु तर्फ पढाउने शिक्षकहरुलाई शिक्षक आन्दोलनकाक्रममा विद्यालय वन्द भएको दिन हाजिरी नगर्न विब्यस अध्यक्ष निशानदाजु भट्टराइको नेतृत्वको टोलिले विद्यालय पुगेर शिक्षकहरुलाई आग्रह गरेको थियो । विब्यसको अनुरोध वमोजिम प्लस टु तर्फका कुनै पनि शिक्षकहरुले आन्दोलन भएको दिन हाजिरी नगरेको विब्यस चौधरीको बताए ।


चौधरीले विहान १० बजेदेखी सुरु हुने प्ले गु्रपदेखी कक्षा १० सम्म अग्रेजि माध्यम र नेपालि माध्यम तहमा पढाउने प्रधानाध्यापकसहीत २८ जना शिक्षकहरुलाई आन्दोलनका दिनको समयमा विब्यसकोतर्फवाट रातो लगाएर हाजिरी गर्नवाट रोक लगाईएको बताए ।

विब्यस अध्यक्ष भट्टराइले शिक्षकहरुको आन्दोलनमा समर्थन भएपनि विद्यालय नै वन्द गर्ने कुरामा सुरुदेखी आफुहरुको असहमति रहेकाले शिक्षक आन्दोलनकैक्रममा असोजको ५ गते शुक्रवारका दिन प्ले गु्रपदेखी कक्षा ५ सम्म अग्रेजि माध्यममा सकारात्मक शन्देश दिन पढाई सुरुसमेत गरीएको बताए । उनले आन्दोलनका वेला हाजिरी गर्न रोक लगाएको वारे विब्यसले घोराही उपमहानगर शिक्षा महाशाखालाई पनि जानकारी दिइएको बताए ।