पश्चिम दाङबाट आज ६० भन्दा बढि माओवादी केन्द्रमा प्रवेश

तुलसीपुर, १४ असोज । पश्चिमक दाङबाट आईतबार ६० भन्दा बढि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

शान्तिननगर ४ को सृजना टोलबाट २२ जना र बबई गउँपालिका वडा नं. ७ को रावततराबाट ३८ भन्दा बढि माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले स्वागत गरेका हुन् ।

जनतासंग माओवादी बिशेष रुपान्तरण अभियान अन्तर्गत कार्यक्रमबाट एमाले, काँग्रेसलगायतबा पार्टीबाट प्रवेश गर्नेहरुलाई स्वागत गरिएको मन्त्री मास्कीका स्वकीय सचिब शम्भु रेग्मीले जानकारी दिए । पछिल्लो सयम पश्चिम दाङमा माओवादी केन्द्रमा प्रवेश गर्नेहरुको लहर देखिएको छ ।

मन्त्री मास्कीले इतिहासमै पहिलो पटक धेरै बजेट ल्याएपछि जनताले त्यसलाई स्वागत गरेका छन् । जनताले राजनीति भन्दा विकास चाहिएकाले आफूहरुले पहिलो पटक सरकारमा सक्षम नेतृत्व पाएको प्रतिक्रिया दिने गरेका छन् ।


पश्चिम दाङमा पुल,सडक सञ्जाल,पर्यटनलगायतमा अहिले आएजति बजेट कहिल्यै पनि नआएको भन्दै यो पश्चिम दाङकालागि खुसीको कुरा भएको बताएका छन् ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार कमिटि सदस्य शेसुराम भण्डारी, पार्टीका प्रदेश सचिबालय सदस्य भिमबहादुर वलीलगायतको सहभागिता रहेको थियो ।