दाङ उवासंघको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

घोराही, १३ असोज । दाङ जिल्ला उद्योग वाणिज्सघको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।  आज विहान ८ बजेदेखि सुरु हुने भनिएको निर्वाचन ८: ४० मा सुरु भएको हो । नेतृत्व चयन गर्नका लागि २ प्यानबीच  प्रतिस्पर्धा रहेका छन् ।

घोराही उपमहानगरपालिका वडा नम्बर १४ मा रहेको उवासंको बहुउदेशीय सभा हलमा मतदान भएको भइरहेको छ । निर्वाचनका लागि ६ वटा वुथ निर्माण गरिएको छ । मतदातालाइ सहज रुपमा मतदान गर्न व्यवस्था मिलाइएको निर्वाचन समितिले जनाएको छ । ‘मतदातालाइ सहज रुपमा मतदान गर्न सक्ने वातावरण हुने छ’ निर्वाचन समितीका संयोजक निर्मल गौतमले भन्नुभयो ।

जेष्ठ नागरिक, अपाङग, असक्तलाइ लाइनमा बस्नु पर्ने छैन् । निर्वाचनमा भोट हाल्नका लागि संघको परिचय पत्र वा संघमा दर्ता गरेको प्रमाणपत्र लिएर आउनु पर्ने निर्वाचन समितिले जनाएको छ ।


निर्वाचन मार्फत नयाँ नेतृत्व चयन गर्ने कार्यलाई सबैले सहयोग रहने दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह वुढाथोकीले जानकारी दिए ।

आफनो नेतृत्व चयन गर्नका लागि आफनो मताधिकार प्रयोग गर्न अध्यक्ष वुढाथोकीले सबैमा आग्रह गरेका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघमा निर्वाचन मार्फत २० जना निर्वाचित हुने छन् । संघमा ३ हजार ३ सय ५८ जना मतदाताहरु रहेका छन् ।