तुलसीपुर खानेपानी निर्वाचन : माओवादी केन्द्रका आचार्यले उम्मेदवारी फिर्ता लिए

तुलसीपुर
१४ पुस / तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्वका लागि हुने निर्वाचनमा उम्मेदवारी दिएकाहरुले आज फिर्ता लिने समय तोकिएको छ ।

विहान ११ बजे तोकिएपनि सहमति नजुट्दा समय थप गरिएको छ । निर्वाचन समितिका संयोजक पुस्कर भण्डारीका अनुसार दिउसो ३ बजेसम्म उम्मेदवार फिर्ता लिने समय तोकिएको छ ।


अहिलेसम्म माओवादी केन्द्रका निर्मल आचार्यले मात्रै उम्मेदवारी फिर्ता लिएका छन् । भने, अन्य दुईजना सदस्यले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचनमा काँग्रेसका १४, विप्वलका ७ , माओवादी केन्द्रका ४ र एमालेका ३ जनाले बागी उम्मेदवारी दर्ता गराएका थिए । राजनीतिक दलहरुले यो विषयमा सहमति जुटाउदैछन् ।

सकेसम्म सर्वसम्मत गर्ने गरि तयारी थालिएको छ । ९ जनाको कार्यसमितिकालागि ४० जनाको उम्मेदवारी परेको थियो । उम्मेदवारी फिर्ता लिएपछि आज साँझ ५ बजे अन्तिम नामावली सार्वजनिक गरिनेछ ।