
दाङ, ११ कात्तिक ।
दाङको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले बाहिरका निजि क्लिनिक वा अस्पतालका चिकित्सकबाट सिफारिस भएमा सिधै विलिङ गर्ने ब्यबस्था मिलाएको छ । एमआरआई, सिटि स्क्यानसहितका अन्य सेवाका लागि बिरामी पर्चासहित आएमा सिधै बिलिङ गर्ने ब्यबस्था मिलाईएको प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक प्रा.डा. जनार्दन पन्थिले बताए ।“बाहिरबाट आएका यस्ता विरामीलाई विगतमा पुनः लाइन लाग्नु पर्ने अबस्था हुन्थ्यो”,उनले भने “तर, अब पर्चा सहित आए सिधै विलिङ्ग हुन्छ ।”
बाहिरबाट चिकित्सकको सिफारिस भए सुगर, प्रेसर जाँच पनि सिधै बिलिङ गरेर सेवा लिने गरि ब्यबस्थापन भएको उनको भनाई छ । यो ब्यबस्था भएसंगै बाहिरबाट चिकित्सकको सिफारिस भएपछि फेरि प्रतिष्ठानमा आएर ओपिडि सेवाका लागि छुट्टै पर्चा काट्नु पर्ने बाध्यता रहनेछैन । विरामीहरुको सहजताकालागि यो ब्यबस्था मिलाईएको उनको भनाई छ ।



लाइभदाङ । १२ कार्तिक २०८२, मंगलवार २१:४९ बजे