भालुवाङ १२ असोज । दाङको देउखुरी स्थित राप्ती नदीमा माछा मार्ने क्रममा बगेर एक युवा वेपत्ता भएका छन् । राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीया निवासी ३७ वर्षिय रामचरण चौधरी शुक्रबार दिउँसो करिव २ बजेको समयमा राप्ती गाउँपालिका वडा नम्बर ३ स्थित लामो झुलुङ्गेपुल देखि ५/७ सय मिटर पश्चिम राप्ती नदीमा जालले माछा मार्ने क्रममा बगेर वेपत्ता भएको वडा अध्यक्ष उमेश अधिकारीले जानकारी भएको छ ।
ससत्र प्रहरी बल २९ नम्बर हेट क्वाटर ज्वालामाई गण भालुवाङका प्रहरी निरिक्षक देवेन्द्र बुढाथोकी र प्रहरी चौकी मसुरीयाका प्रहरी नायव निरिक्षक निमबहादुर खत्रीको नेतृत्वमा बगेर वेपत्ता भएका चौधरीको खोजी कार्य जारी रहेको वडा अध्यक्ष अधिकारीले जानकारी दिनु भयो ।
लाइभदाङ । १२ आश्विन २०८०, शुक्रबार १८:५६ बजे