प्रादेशिक अस्पतालमा सहायता कक्ष

तुलसीपुर,१० असोज । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सहायता केन्द्र नेपालले विरामी सहायता कक्ष सञ्चालनमा ल्याउँदैछ ।

त्यसकालागि संरचना तयार पारेको छ । आफ्ना स्वयंसेवक परिचालन गरि सेवा प्रदान गर्न लागेको हो ।
विरामीहरुको सहजताकालागि यो सेवा सुरु गरिएको हो ।

पछिको समय अस्पतालको सेवा सुविधा र जनशक्ति थप भए सँगै बिरामीको संख्या अत्यधिक बढेकाले सुबिधाहरु र सेवा कक्षहरु सहजरुपमा थाहाँ नपाउदा बिरामीहरु अलमलमा पर्ने र सेवा लिन कठिनाई हुने भएपछि संस्थाले यो कार्यको थालनी गरेको हो ।


संस्थाका सचिव मुना बिकका अनुसार दाङ, सल्यान,रुकुम ,रोल्पा लगायतका जिल्लाबाट बिरामी आउने गरेको भएपनि उनीहरुले सेवाका बारेमा थाहा नपाउँदा अलमल हुने गरेकाले पनि उनीहरुको सहजताकालागि सेवा सुरु गर्न लागिएको हो । अधिकांस बिरामीहरु विपन्न समुदाय, जेष्ठ नागरिक र महिलाहरूको संख्या बढी हुने भएपछि अस्पताल परिसरमा बिरामीहरु अलमलमा पर्ने भएको हुँदा स्वयंसेवक मार्फत बिरामीहरुलाई सेवा दिन लागिएको हो ।

अस्पताललाई पत्र मार्फत प्रस्ताव गर्दा सहज रूपमा स्वीकार गरी व्यवस्थापन समितिबाट निणर्य भए पछि सहायता तथा सोधपुछ कक्षा सहित स्वयंसेवक परिचालन सम्बन्धि आवसेक सम्पूणर् तयारी भैसकेको र केही दिनमा औपचारिक कार्यक्रम गरी सेवा संचालन गर्ने संस्थाकी कोषाध्यक्ष दुबीसरा वलीले जानाकारी दिइन ।