घोराहीका तीन फर्निचर उद्योग आगलागी,करोडौंको क्षती

लीलाधर वली
घोराही, ८ कात्तिक ।
दाङको घोराहीमा फर्निचर उद्योगमा आगलागी हुदा करोडौँको क्षति भएको छ । घोराही उपमहानगरपालिका–१५ उमेशमार्गमा रहेका तीन वटा फर्निचर उद्योगमा आगलागी हुँदा फर्निचर उद्योग पूर्ण रूपमा क्षति भएका छन् ।

न्यू दाजुभाई फर्निचर उद्योग, दाजुभाई फर्निचर उद्योग र स्टार दाजुभाई उद्योग गरि तीन वटा फर्निचर उद्योगमा आगलागी भएको वडा प्रहरी कार्यालय घोराहीका प्रमुख एवं प्रहरी निरीक्षक गजेन्द्र शाहीले जानकारी दिनुभएको छ । आगलागीबाट करडौँको क्षति भएको अनुमान गरिएको छ ।


प्रहरीका अनुसार राति करिब १२ बजेतिर लागेको आगो बिहान साढे ४ बजे नियन्त्रणामा आएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरीले घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको हो । तिहारमा लक्ष्मीपूजामा बालिएको बत्तिका कारण आगलागी भएको हुन सक्ने आशंका गरिएको छ ।