प्रादेशिक अस्पतालका अध्यक्षको गुनासो : ‘चिकित्सकहरु समयमा आउनु हुन्न, यसले अस्पताल वदनामित छ’

दाङ, १५ असोज ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको ‘रेफर’ सेन्टरको ट्याग अझै पनि हट्न सकेको छैन । केही प्रगति भएका छन् । तर, पूर्ण सन्तुष्टि हुने खालले प्रभाबकारी सेवा प्रवाह गर्न सकिएको छैन । यसको सहर्स स्वीकार गर्छन्, अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपाने ।‘केही चिकित्सकहरु समयमा आउनु हुन्न’, उनले भने‘ हामी कन्सलटेन्ट डाक्टर हौं । हामी कन्सल्ट गर्ने हो । बिशिष्ट परामर्स आबश्यक परे दिने हो । ओपीडीमा बसेर सेवा गर्न सक्दैनौ भनेर जवाफ दिनुहुन्छ । यो अस्पतालको तितो यथार्त हो ।’
मोफसलका अस्पतालमा प्रयाप्त चिकित्सक नहँुने भएकाले काठमाडौं जस्तो प्रणाली लागु गर्न सक्ने अबस्था नरहने भन्दै सबै चिकित्सकहरु आफ्नो जिम्मेवारीप्रति बफादार भए समस्या समाधान हुने उनको भनाई थियो । उनले १० देखि ५ बजेसम्म समय दिन सकेमा अस्पतालमा अहिले देखिने समस्या न्यून हुँदै जाने बताए ।


राज्यले स्थानीय भत्ता कटौति गर्दा पनि चिकित्सकहरुमा काम गर्ने उत्साह घटेर आएको अध्यक्ष न्यौपानेको भनाइ छ । अस्पतालको समीक्षा बैठकमा उनले यस्तो बताए । ‘उहाँहरुले भत्ता पनि कटौति गरेको छ , कसरी काम गर्न जाँगर लाग्छ पनि भन्नु हुन्छ’, उनले भने‘यसमा राज्यले पनि ध्यान दिनुपर्छ ।’
अर्कोतर्फ अस्पतालमा आएका विरामीहरुलाई पनि कमिसनको लोभले आफू कार्यरत निजि अस्पतालमा पठाउने प्रबृति पनि कायम रहेको बताए । उसले पनि अस्पतालप्रति विश्वास घट्दै गएको अध्यक्ष न्यौपानेको गुनासो थियो ।
त्यस्तै लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशनालयका कौशल भण्डारीले अस्पतालमा रेफर गर्ने समस्या रहेको भन्दै यसलाई समाधान गर्नुपर्ने बताए ।‘गर्भवतिका केशहरु यहाँबाट धेरै रेफर भएर जाने गरेका छन्, सबै केशहरु प्राय ः भेरी अस्पतालमा जाने गरेका छन्’, उनले भने‘त्यहाँबाट हामीलार्य फोन आउछ‘कति धेरै केशहरु आएको, सामान्य केशहरु पनि यही आउने गर्छन्, भनेर भन्ने गुर्नहुन्छ, यसलाई कसरी हुन्छ सुधार गर्न आबश्यक छ ।’ अहिले अस्प्तालमा बजेट, पूर्वाधार कुनैको पनि अभाब नभएको भन्दै व्यबस्थापनको पक्ष फितलो हुँदा समस्या भएको समेत बताए ।
त्यस अवसरमा तुलसीपुर उपमहानगरापलिकाका प्रमुख घनश्याम पाण्डेले चिकित्सकहरुले पूर्ण रुपमा समय दिनुपर्ने बताए । डा. ओम अर्यालले चिकित्कसको सोँच परिबर्तन गरेर दत्त चित्त भएर लागेमा अस्पताल सुधार गर्न सकिने बताए