जनताले अनुभूति गर्ने गरि काम गर्छौंः मन्त्री मास्की

तुलसीपुर, ६ असोज ।
लुम्बिनी प्रदेशका अर्थ मन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य धनबहादुर मास्कीले जनताले अनुभूति गर्ने गरि विकास गर्ने बताएका छन् । उनले अहिले धेरै योजनाहरू समावेश गरेको र बाँकी रहेका योजनाको काम आफ्नो कार्यकालमा पूरा गर्ने बताए ।

त्यसकालागि जनताले साथ दिनु पर्ने बताए । पश्चिम दाङमा भएका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताले बिश्वास दिएर मत दिएर विजय बनाएपछि आफू मन्त्री भएको भन्दै जनताको माग अनुरूप काम गर्ने बताए ।


जनतासंग माओवादी विशेष रूपान्तरण अभियान अन्तरगत उनले हाल भ्रष्टाचार बिरुद्वको अभियान अन्तरगत गाउँ गाउँमा माओवादीले कार्यक्रम गरिरहेको भन्दै यसमा जनताले साथ दिनु पर्ने बताए ।

शनिबार दंगीशरण ६ को थपगाउँ,बागर, शान्तिनगर ५ को रगैचालगायतका कार्यक्रमलाई उनले सम्बोधन गरेका थिए ।