दंगीशरणको गाउँ कार्यपालिकामा काँग्रेसको बहुमत

दंगीशरण,१६ जेठ ।

दंगीशरण गाउँपालिकाको कार्यापालिका निर्वाचनको मतगणना सम्पन्न भएको छ । आज सोमबार सम्म्पन मतदानमा नेपालि काँग्रेसको तर्फ बाट उम्मेदवारी दिएका ६ जना उम्मेद्बारहरुनै बिजय भयको निर्वाचन अधिकृत देबराज भारतीले जानकारी दिए । निर्वाचन कार्यतालिका अनुसार बिहान १० बजे देखि बेलुका ५ बजे सम्म मतदानको समय तालिका भयतापनि दलहरुको सहमतिमा निर्धारित समय अगाडि नै मतगणना गरिएको थियो । कार्यपालिका निर्वाचन प्रक्रियामा दुई राजनैतिक दल नेपालि काँग्रेस र नेकपा एमाले बिच प्रतिस्पर्धा भएको थियो । कार्यपालिका निर्वाचनको अन्तिम मतपरिणाम घोषणा भए सङ्गै दंगीशरण गाउँपालिकाको कार्यपालिकामा नेपाली काँग्रेसको पुर्ण बहुमत रहेको छ ।


बैशाख ३० मा सम्पन्न स्थानिय तहको चुनावमा जम्मा निर्वाचित ३७ जनप्रतिनिधि थिए । जसमध्य नेपाली काँग्रेसबाट २० नेकपा एमालेबाट १६ र नेकपा माओबादीका १ गरि ३७ जनप्रतिनिधि कार्यपालिका निर्वाचनमा सहभागि भएका थिए । निर्वाचितहरु महिला मध्य टंकी भण्डारी, मिना चौधरी , चन्दा योगि, द्रोपती थरुनि, मनोनित दलित मध्य कृष्ण कामी र अल्पसंख्यकबाट सितरा नेपाली निर्वाचित हुनुभएको हो । कार्यपालिकामा निर्वाचित मध्यबाट ४ महिला र मनोनित तर्फ बाट एक दलित र एक अल्पसंख्यक रहनुपर्ने प्राबधान रहेको थियो ।