लुम्बिनीमा चालू अधिवेशन अन्त्य

दाङ, ३१ भदौ ।
लुम्बिनी प्रदेशको चालू अधिवेशन आज राती १२ बजे देखि लागू हुनेगरी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले अन्त्य गर्नु भएको छ । आज विहान बसेको प्रदेश सरकारको बैठकले चालू अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।