
दाङ,१८ बैशाख ।
श्री माध्यमिक बिद्यालय घोराही ७ सौडियारका प्रधानाध्यापक नन्दबहादुर वलिको नजरमा: सरकारी विद्यालयले लिएको केही शुल्क सम्बन्धमा मेरो विचारमा एउटा सामुदायिक विद्यालयले भोग्नु परेका समस्याहरू ।
१.वर्षभरि विद्यालयले तिर्नुपर्ने एक लाख देखि डेढ लाख सम्मको विद्युत महसुल
२.विद्यालयको स्वामित्वमा रहेको जग्गाको मालपोत
३.खानेपानी व्यवस्थापन खर्च
४.राष्ट्रपति रनिङ सिल्ड लगायत खेलकुदका कार्यक्रमहरूको खर्च
५.अतिरिक्त क्रियाकलापमा लाग्ने खर्च
६.निजी स्रोतमा भएका शिक्षकहरूको तलबी खर्च
७.पर्याप्त दरबन्दिको अभाब, माथिल्लो योग्यता भएका प्राबि, निमाबिका शिक्षकले माबि र प्लस टु तहमा पढाउनु पर्ने समस्या
लगायतका सम्पूर्ण खर्चहरू नेपाल सरकारले व्यहोर्ने हो भने सम्पूर्ण सरकारी विद्यालयहरूमा विभिन्न शीर्षकमा पैसा असुल्न आवश्यक देखिँदैन। जबसम्म यी सम्पूर्ण खर्चहरूको व्यवस्थापन नेपाल सरकारबाट हुँदैन । तबसम्म शुल्क लिन हुँदैन भन्ने सरकार पक्षिय भनाइ निरर्थक छ यदि सरकारले यो सम्पूर्ण खर्चको व्यवहार नबेहोर्दै सामुदायिक विद्यालयहरूले १ रुपैयाँ पनि विभिन्न शीर्षकमा शुल्क नलिने हो भने हजारौँ वर्षसम्म पनि सामुदायिक विद्यालयको विकासको कल्पना गर्न छोडौँ।



लाइभदाङ । १८ बैशाख २०८३, शुक्रबार १२:०३ बजे