तुलसीपुर १२ मा नाली निर्माणलाई प्राथमिकता

तुलसीपुर, २९ भदौ । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ ले नाली निर्माणलाई प्राथमिकता दिएको छ । हाल वडाको कचिला, कचिली, रझेना, रझेनी, हरिपौरीमा नाला निर्माण भइरहेको छ । साढे दुई करोड लागतमा ति स्थानमा नाली निर्माणको काम सुरु भएको वडाध्यक्ष खुसीराम चौधरीले बताए ।

उनका अनुसार एकीकृत बस्ति विकास योजना अन्तर्गत उक्त काम अघि बढेको हो । साथै चालु बर्षमा वडाले सबै बजेट नाली निर्माणमा लगाएको छ । उपमहानगरबाट वडालाई गएको १८ लाखले पाँच स्थानमा नाली निर्माण गरिने वडाध्यक्ष चौधरीले बताए । वडाबासीको माग नाली निर्माण रहेकाले सोही अनुसार आफूले काम अघि बढाएको वडाध्यक्ष चौधरीले बताए ।


साथै प्रदेश र संघबाट पनि बिभिन्न बजेट बिनियाजन भएको वडाध्यक्ष चौधरीले बताए । चालु बर्षमा तुलसीपुर १२ मा ग्वारखोलादेखि बबइ क्याम्पससम्मको सडक स्तरबृद्धिकालागि ५० लाख, उरहरी चोकदेखि कचिला, कचेली जोड्ने सडककालागि ३० लाख, तुर्कीचोकदेखि कचिलाजाने सडककालागि १२ लाख, ग्वारखोला तटबन्धकालागि ५० लाख बजेट बिनियोजन भएको छ ।

त्यस्तै सघन सहरी अन्तर्गत कचिला, कचिली, टरिगाउँ एयरपोर्टसम्मको सडककालागि १ करोड, बबई क्याम्पसदेखि सीप विकास कार्यालय जाने बाटोकालागि ३५ लाख, जजरा सिचाइ कुलो निर्माणकालागि ३५ लाख, सालझुण्डी सिंचाई कुलोकालागि ३५ लाख, टरिगाउँ-टरिगै-रझेना-रझेनी-हरिपौरी-हरिपौरा-सितलपुर सडक स्तरोन्नतीकालागि ५२ लाख, पशुपति मावि हरिपैरीकालागि २० लाख बजेट बिनियोजन गरिएको अध्यक्ष चौधरीले बताए ।