दाङ, १८ साउन / अपहरण मुद्दामा १४ बर्ष कैद भुक्तान गरेका दाङका तुलसीपुरका एक ब्यक्तीलाई बलात्कारको आरोप लागेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ घर भई हाल तुलसीपुर ९ बेलुवा बस्दै आएका ३८ बर्षीय सुनिल भन्ने विष्णु शर्माले तनहुको ब्यास नगरपालिका वडा नं. २ निवासी २१ बर्षीया युवतिलाई बलात्कार गरेको अरोप लागेको हो । उनी १४ बर्ष जेलजीवन विताएर केही बर्ष अघि मात्रै कैद मुक्त भएका ब्यक्ती हुन् । उनी माओवादी केन्द्र तुलसीपुर ३ का सचिब पनि हुन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखत बहादुर शाहीका अनुसार बाँके कारागारको थुनामा रहेका नासिर खानले ति युवतिलाई तनहुँबाट बाँके बोलाएर पुनः तुलसीपुर पठाएका थिए । तुलसीपुरमा सुनिल उर्फ विष्णु शर्मालाई भेटन पठाएपछि उनी त्यहाँबाट भेट्न तुलसीपुर आईन् । तुलसीपुर आएपछि विष्णुले तुलसीपुर ५ स्थित कालीमाटी होटेल एण्ड लजमा राखि बलात्कार गरेको प्रहरीले बताएको छ । ति युवतिले इलाका प्रहरी कार्यालय तुलसीपुरमा किटानी जाहेर दिएकी छन् । तर, विष्णु हाल फरार रहेका छन् ।
प्रेमिलाई छुटाउनकालागि युवतिको दौडधुप
उनका प्रेमी चितवन कारागारमा बन्दी जीवन विताइरहेका छन् । लागुऔषध मुद्दामा दोषी ठहर भएपछि बन्दी जीवन विताइरहेका उनका प्रेमी सुमन शाही ठकुरीलाई छुटाउनकालागि ति युवतिले यो दौडधुप गरिन । किनकी बाँके कारागारमा रहेका नासीर खान, सुमन शाही ठकुरी र नासिर खान बीरगञ्ज कारागारमा संगै बसेका थिए । ठकुरीले ति युवतीलाई नासिर खानसंग पनि चिनजान गराइदिएका थिए । त्यो चिनजान पछि ति युवति र नासिरको पनि फोन सम्पर्क हुन्थ्यो ।
त्यही बीचमा साउन १० गते नासीरले युवतिलाई नेपालगञ्ज बोलाएका थिए । प्रेमि छुट्ने आशमै उनी नेपालगञ्ज आइन । जुन दिन खानले बोलाएका थिए, त्यही दिन तनहुँबाट हिडेकी युवति नेपालगञ्ज राति पुगिन् । त्यो दिन एउटा होटेलमा बास बसेपछि ११ गते ासिरलाई भेट्न कारागार पुगिन ।
नासिरले भारत उत्तराखण्डका जमिल अहमदको आधार कार्ड उपलब्ध गराएर तुलसीपुरमा रहेका विष्णु शर्मा उर्फ सुनिलाई भेटन पठाए ।‘एकजना साथी दाङमा छ, त्यसले सबै काम गर्छ’, युवतिको बयानलाई उदृत गर्दै प्रहरी भन्छ । नासिरले पहिले नै युवतिको नम्बर पठाएकाले केही समयपछि तुलसीपुरका विष्णुको फोन ति युवतिलाई फोन गरे । फोन पछि युवति अपरान्ह ४ बजे नेपालगञ्जबाट तुलसीपुरकालागि हिडिन् । त्यो दिन राति ९ बजेतिर बसपार्क पुगिन् । बसपार्कमा विष्णुले उनलाई ‘रिसिभ’ गरेर होटेलमा राखे । विष्णुले युवतिलाई आफू इप्रका तुलसीपुरमा कार्यरत प्रहरी भएको भनि भ्रममा पारेर प्रेमीलाई छुटाउइदिने आस्वासन पनि दिइसकेका थिए । त्यो दिन उनीहरुबीच सम्पर्क भएन ।
अर्कोदिन साउन १२ गते विष्णुले युवतिलाई अघिल्लो दिन बसेको भन्दा फरक होटेलमा लगे । त्यहाँ लग्नु भन्दा पहिले विष्णुले भारतका जमिल अहमदको नाममा फर्जी बस टिकेट बनाएका थिए । जमिलको आधारकार्ड बाँके कारागारमा रहेका नासिरले ति युवतीलाई उपलब्ध गराएका थिए, भने विष्णुले जमिल तुलसीपुर आएको भनि एउटा फर्जी बस टिकेट पनि बनाको देख्दा केटी आश्चार्यमा परिन । होटेल पनि विष्णुले आफ्नो नाम जमिल अहमद नै इन्ट्रि गराए ।
त्यसपछि साँझको खाना खाएपछि विष्णुले जबरजस्ती करणी गर्न खोजे । तर, युवितले प्रतिकार गर्न थालेपछि विष्णुले जमिललाई जबरजस्ती करणी मुद्दामा फसाएपछि मात्रै कारागारमा रहेको प्रेमीलाई छुटाउन सहज हुने भन्दै त्यसकालागि स्वास्थ्य रिपोर्टमा बलात्कार भएको देखाउन यस्तो गर्न लागेको भनि भ्रममा पारे ।
उनले रातभर जबरजस्ती करणी गरेपछि शुक्रबार आफै जमिललाई बलात्कार मुद्दामा किटानी जाहेर दिन इलाका प्रहरी कार्यालय तुलसीपुर पुगे ।
त्यहाँ पुग्दा प्रहरी निरीक्षक बखतबहादुर शाही कार्यालयमा थिए । जमिल विरुद्ध जबरजस्ती करणीको किटानी जाहेरी दिने र त्यसको साक्षी आफू बस्ने भनि भनेपछि प्रहरी निरीक्षक शाहीले ति युवतिमाथि सोधपुछ गर्न थाले । सोधपुछका क्रममा युवतिले सबै कुरा भन्न थालेपछि विष्णु बाहिर निस्केर सम्पर्क विहीन भए ।
यही बीचमा पनि उनले प्रहरी, राजनीतिक दलका नेतासंग पनि आफूलाई फसाउन खोजिएको भन्दै दवाव दिन लगाए । युवतिले सबै बयान दिएपछि अहिले विष्णु विरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता भएको छ । अहिले उनी फरार छन् । उनको खोजी कार्य भइहरहेको प्रहरी निरीक्षक शाहीले बताए ।
लाइभदाङ । १८ श्रावण २०७९, बुधबार २१:२० बजे