तुल बहादुर कवँर मगर
देउखुरी,२९ भदौ ।
दाङको राप्ती गाउँपालिकाले अट्वारी पर्वको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ।पालिकाले थारु समुदायको बड्का अट्वारीको अवसरमा राप्ती गाउँपालिका र मातहतका कार्यालयहरुमा सार्वजनिक बिदा दिएको हो ।
भदौ ३१ गते पर्ने थारु समुदायको बड्का अट्वारीका दिन सार्वजनिक विदा दिने निर्णय गरेको गाउँपालीकाले एक सुचना जारी गरि जानकारी दिएको छ ।
थारु समुदायले अट्वारी पर्वलाई विशेष पर्वका रुपमा मनाउने गरेका छन् । भदौ २९ गतेको निर्णय अनुसार विदा दिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत जिवराज पौडेलद्धारा जारी सुचनामा उल्लेख छ ।
यसैबिच, घोराही र तुलसीपुर उपमहानगरपालिकाले पनि अट्वारी पर्वको अवसरमा सार्वजनिक बिदा दिएका छन् ।
लाइभदाङ । २९ भाद्र २०८०, शुक्रबार १४:२७ बजे