समाजवादको जग टोलस्तरबाटै सुरु गर्नपर्छ : अपार

तुलसीपुर
२६ कात्तिक / नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सचिव जगप्रसाद शर्मा ‘अपार’ समाजवादको जग टोलस्तरबाटै बसाल्नुपर्ने बताएका छन् ।

पार्टीको शान्तिनगर गाउँ कमिटी बैठकलाई सम्वोधन गर्दै उनले अब पार्टी संरचना समाजवादी शैलीको हुनुपर्ने समेत बताए । पार्टीले कार्तिक २७ गते टोल, मंसिर ४ गते वडा र मंसिर ११ गते पालिका सम्मेलन गर्न थालेको भन्दै टोललाई समाजवादी अभ्यासको आधार बनाउनुपर्ने बताए । टोलस्तरमा सबै पार्टी सदस्यलाई समेटेर कम्युनको रुपमा पार्टी कमिटी अघि बढाउनुपर्ने पनि उनले बताए ।


बैठकर्ला लुम्बिनी प्रदेश सदस्य भीमबहादुर ओली र लुम्बिनी प्रदेश स्वास्थ्य राज्यमन्त्री विमला ओलीले पनि सम्बोधन गरेका थिए । बैठकले मंसिर ११ गते गाउँ कमिटीको अधिवेशन चिराघाटमा गर्ने निर्णय गरेको छ । बैठक पार्टी गाउँ समिति अध्यक्ष नेवबहादुर रोकाको अध्यक्षतामा सम्पन्न भएको थियो ।