
तुलसीपुर, १५ असार । सदैब कापी कलम र झोला बोकेर आफ्नो कक्षामा अध्यन गर्दै आएका बिधार्थीहरु असार १५ धान दिबसको अबसर पारेर आफ्नो प्रयोगात्मक अध्यनको लागि दङिशरण ४ को बैबाङ पुगे । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित हिमाल एकाडेमी तुलसीपुरका कानुन तथा ब्यबस्थान विषय अध्यनरत छात्र छात्रा जिबनपयोगी सीप सिक्न त्यहाँ पुगे ।
स्थानीय लक्ष्य बहादुर ओलीको खेतमा विद्यार्थीहरुले धान रोपेका हुन् ।
३ घन्टा सम्म विद्यार्थीहरु माटो संग रमाए । विद्यार्थी प्रशंसा केसीले आफ्नो श्रम र सीप र पसिना बगाउन पाउँदा खुसी भएको बताइन् ।
जीवन र जगतको अर्थ र मूल्य बुज्न तथा हरेक पेसा र ब्यबसायको महत्त्व बुझ्न र ब्यबहारीक ज्ञानको सिकाइको लागि विद्यार्थीहरुलाई यस्ता कार्यक्रममा सहभागि गराउँदै आएको प्रधानाध्यापक मधुसुदन केसीले बताए । सैदान्तिक ज्ञान भन्दा ब्यबहारीक ज्ञान दिघर्कालिन रहने उनले बताए ।



लाइभदाङ । १५ असार २०८२, आईतवार १९:३१ बजे