कोषको रकम व्यवस्थित गर

लुम्बिनी प्रदेशका चार वटा उपमहानरपालिका मध्ये एउटा उपमहानगरपालिकाले आफ्नो कोषको रकम प्रभाबकारी रुपमा सञ्चालन गरेका छन्, भने दुई वटा पालिकाको कोष अस्तब्यस्त छ । साझेदारी विकास कोषको रकमलाई आफूखुसी सञ्चालन गर्दा त्यसरी कोष अस्तब्यस्त हुने अबस्थामा पुगेका हुन् । तुलसीपुर उपमहानगरपालि र नेपालगञ्ज उपमहानगरपालिकाको कोष अस्तब्यस्त छ, भने बुटवल उपमहानगर पालिकाले प्रभाबकारी रुपमा कार्यक्रम सञ्चालन गरेको पाईएको छ । घोराही उपमहानगरपालिकाले भने उक्त कोष नै सञ्चालनमा ल्याएको छैन । गरीबि निवारणकालागि ति कोषहरु सञ्चालनमा ल्याईएको हो । स–सानो समूह बनाएर उनीहरुलाई ऋण दिने र उद्यममा जोड्ने हेतुँले तत्कालिन नगरपालिकामा यो कोष थियो । जसबाट केहीले प्रभाबकारी रुपमा काम गरेका छन्, भने केहीले त्यो कोषको रकमलाई अस्तब्यस्त बनाएका छन् ।

कोषबाट ऋण लिनकै लागि समूह बनाउने र पछि अस्तब्यस्त गराउने गरेका पनि छन् । त्यसरी हिनामिना गर्नेहरुमा समाजका अगुवाहरु नै छन् । त्यसको अनुगमनको पाटो पनि कमजोर भयो । अनुगमन गर्ने निकायले पनि चलाख हुन सकेन । तत्कालिन नगरपालिकाका कोषहरु मुलक संघीयतामा गएसंगै स्थानीय तहमा हस्तान्तरण भए, त्यसपछि आफ्नो राजनीतिक स्वार्थपूर्तिकालागि पनि प्रयोग भएर, अहिले अस्तब्यस्त अबस्थामा पुगे ।


ऋण लगानी भएको रकम दशौँं बर्षसम्म पनि उठ्न सकेको छैन । ऋण लिएर ब्यबसायमा पनि जोडिएको छैन । सीमित ब्यक्तीलाई त्यो ऋण प्रदान गरिएको छ । अहिले पटक–पटक सूचना जारी गर्दा पनि त्यो रकम उठाउन सकिएको छैन । कोषको हिसाब पनि गञ्जागोलछ । व्यवस्थित हिसाब नहुँदा त्यो रकम कहाँ छ, भन्ने कुरा टुंगो लाग्न सकेको छैन । तुलसीपुर उपमहानगरपालिकाले त्यो कोषको रकमका बारेमा तथ्यगत रुपमा प्रतिबेदन तयार गर्न आर्थिक विकास समिति संयोजक माधव वलीको नेतृत्वमा समिति बनाएपनि बर्षदिन पुग्न लाग्दा पनि त्यसको प्रतिबेदन अझै तयार हुन भएको छैन ।

कोषबाट धेरै राम्रा काम पनि भएका छन् । बुटवल उपमहानगरपालिकामा सञ्चालित कोषले केहीले गाइपालन गरेका छन्, केहीले तरकारी खेति गरेका छन् । ऋण रकम पनि समयमै उठेको छ । व्यवस्थित र मर्यादित तथ अनुशासित छ । नेतृत्व तहले प्रभाबकारी रुपमा काम गरे सफल हुन्छ्, भन्ने उदाहरण पनि रुपन्देही बन्न सफल भएको छ । नगरका आम्दानीका यस्ता थुपै स्रोतहरुमा ध्यान नदिदा नै ऋण लाग्ने अबस्था सिर्जना हुन्छ, त्यसैले यसतर्फ ध्यान दिन सकेमा आम्दानीलाई पनि बढावा दिन सकिन्छ । साभारः अग्रिम साप्ताहिक