विशाल गुप्ता
भागः २
परिवेश : ठेला व्यवस्थापन
समय : दिउँसो २ः०० बजे
पात्रहरू : विशाल, नगरप्रमुख, नगरप्रहरी, मिडियाकर्मी,कर्मचारी
दृश्यः१
(नगरपालिकामा भिडभाड भइरहेको हुन्छ । नगरप्रमुख पुर्पुरोमा हात लगाएर बसेका हुन्छन् । विशाल हातमा कागजात लिएर उभिएका हुन्छन् । मिडियाकर्मी क्यामराले खिचिरहेका हुन्छन् । कर्मचारीहरू मौन हुन्छन्।)
विशालः (क्रोधित हुँदै) हैन किन बोल्नुहुन्न मेयरसाफ?
मिडियाकर्मीः (क्यामरा तिर संकेत गर्दै) हातमा कागजात पनि लिएर आउनुभएको छ, प्रमाण हो यो?
विशालः हो प्रमाण मसँग अरु पनि छन् ।
कर्मचारीः (रुखो स्वरमा) तिमी अलि अराजक बन्दै गएका छौं है ।
नगरप्रमुखः कुनै पनि कामको तत्काल नै परिणाम आउँदैन । फेरि ठेला व्यवस्थापन एउटा जोक त होइन नि?
विशालः त्यो कुरो म जान्दिन । ठेलाभित्रै विभेदको राजनीति किन? कोही पैसा तिरेर छुट्न पाउने, अनि कोही बन्दगी भइरहने?
नगरप्रमुखः (आश्चर्यजनक रूपमा) होइन, तिमीसँग के प्रमाण छ छोडेको?
दृश्य २
(विशालले सबै प्रमाण पेश गर्छ । नगरप्रमुख प्रमाणहरू हेरिरहेका हुन्छन्।)
नगरप्रमुखः (हासेर)५,००० तिरेका रहेछन् ।
नगरप्रमुखः (आक्रोशमा) तिमी पनि २० हजार तिर्न सक्छौ? अर्काको पछि तिमी किन लाग्छौ हँ?
विशालः (दृढताका साथ) नियम कानुन सबैलाई बराबरी हुनुपर्छ मेयरसाफ ।
नगरप्रमुखः मलाई नियम कानुन सिकाउने तिमी को हौँ?
विशालः (आक्रोशित हुँदै) म शान्तिको लागि सन्त हुँ भने क्रान्तिको लागि एक बम र बारुद हुँ । मलाई चिन्न तपाइँले सजिलै सक्नुहुन्न मेयरसाफ ।
दृश्य ३
(नगरप्रमुख सोचाइमा मग्न हुन्छन्। मिडियाकर्मी प्रश्न गर्न अग्रसर हुन्छन्।)
मिडियाकर्मीः मेयरसाफ, अब के हुन्छ परिणाम?
विशालः (दृढताका साथ) मलाई न्याय चाहियो।
नगरप्रमुखः (आश्चर्यजनक रूपमा) तिमी एक्लै बोलेर हुन्छ? अरु त कोही बोलेका छैनन् ।
विशालः (दृढताका साथ) म अरुजस्तो होइन । म पनि यही देशको नागरिक हुँ । आफ्नै आँगनमा पनि गरिखान नपाउने यो कस्तो न्याय हो?
(दृश्य समाप्त)
क्रमश…
लाइभदाङ । ८ आश्विन २०८१, मंगलवार १८:१३ बजे