दाङ, ६ मंसिर ।
दाङ क्षेत्र नं.२ को प्रतिनिधिसभा सदस्यमा गठबन्धनका तर्फबाट उम्मेदवार माओवादी केन्द्रका रेखा शर्माले अग्रता कायम राखेकी छन् । १६ हजार २९ मत गन्दा रेखाले ६५६० मत प्राप्त गरेकी छन्, भने एमाले महासचिब शंकर पोखरेलले ५२०८ मत प्राप्त गरेका छन् । उनीहरुबीचको मतान्तर १३५२ रहेको छ । रेखाले सुरुवातदेखि नै अग्रता लिएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए । क्षेत्र नं. २ मा एक लाख ३३ हजार ७ सय ४८ मतदाता मध्ये ७९ हजार ४ सय ४६ मत खसेको थियो । क्षेत्र नं. २ को जिल्ला समन्वय समिति दाङको हलमा मतगणना भइरहेको छ ।
दाङ २(१) मा खनाल अगाडी
दाङ क्षेत्र नं. २ को प्रदेसभा १ मा पनि गठबन्धनका उम्मेदवार राजु खनाल अगाडी छन् । १० हजार २ सय ६७ मत गन्दा काँग्रेसका खनालले ४७३० मत प्राप्त गरेका छन्, भने एमालेका बलिभद्र राणाले ३९२१ मत प्राप्त गरेका छन् । उनीहरुबीचको मतान्तर ८०९ रहेको छ ।
दाङ क्षेत्र नं.२ को प्रदेशसभा २ मा भने अझै मतगणना भएको छैन । मतगणना गर्ने ठाउँको अभाबका कारण मत गणना हुन नसकेको हो ।
लाइभदाङ । ६ मंसिर २०७९, मंगलवार ०८:५३ बजे