तुलसीपुरमा चोरीको आरोपमा तिन जना पक्राउ

तुलसीपुर, २५ माघ ।
दाङको तुलसीपुरमा चोरी गरेको आरोपमा प्रहरीले तिन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका १४ निवासी २० वर्षीय सरद केसी, तुलसीपुर १७ निवासी २१ वर्षीय बिषाल बिक र तुलसीपुर १६ निवासी २२ वर्षीय विमल चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

सरदको साथ बाट नगद १४ हजार ७ सय ४०,मोबाईल २ थान र १ थान सुनको छड्के तिलहरी बरामत गरेको छ भने बिशालको साथ बाट नेपाली ७२ हजार २५ रुपैया र ४ हजार १० भारतिय रुपैया बरामत गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभएको छ ।


यस्तै बिमल चौधरीलाई भने उक्त घटनामा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।