गाेरखाले तुलसीपुर उद्योग बाणिज्य संघलाई जनशक्ति उपलब्ध गराउने

दाङ, २२-भदौ/ तुलसीपुर उद्योग बाणिज्य संघ र गोर्खा मोडेल कलेजबिच व्यवसायीक सम्झौता भएको छ । विद्यार्थीहरुमा दिगो रुपमा उद्यमशिलताको विकास गराउनुका साथै तुलसीपुर उद्योग बाणिज्य संघलाई आवश्यक पर्ने दक्ष जनशक्ति समेत तयार गर्ने लक्ष्य राखेर यो सम्झौता गरिएको हो ।

शुक्रबार दुबै पक्षका सञ्चालकहरुबिच मनसाय पत्रमा हस्ताक्षर समेत भएको बाणिज्य संघका महासचिव बिनिल केसीले जानकारी दिए । गोर्खा मोडेल कलेजमा अध्ययनरत स्नातक तह व्यवस्थापन संकायका विद्यार्थीका लागि सञ्चालन गरिने छ । विद्यार्थीलाई व्यवसायिक र उद्यमशिलतातर्फ प्रेरित गर्न टेवा पुग्ने छ । साथै तुलसीपुर उद्योग बाणिज्य संघले सिफारिस गर्ने विद्यार्थीका हकमा मासिक शुल्कमा पच्चिस प्रतिशतसम्म छुट पाउने छन् ।


त्यसैगरी बाणिज्य संघलाई आवश्यक पर्ने तथ्याङ्क संकलनका लागि विद्यार्थीले समन्वय गर्ने छन् । कर सम्बन्धी कार्यमा विद्यार्थीलाई सहजिकरण गर्ने छन् भने मेला महोत्सव सञ्चालन गर्दा शैक्षिक स्टल निशुल्क रुपमा प्रदान गर्नुपर्ने छ । तुलसीपुर उद्योगग बाणिज्य संघका कार्यबाहक अध्यक्ष मिनराज भण्डारी र गोर्खा मोडेल कलेजका क्याम्पस प्रमुख पुर्णबिक्रम डाँगीले मनसाय पत्रमा हस्ताक्षर गरेका थिए ।

सो अवसरमा बाणिज्य संघका पूर्वअध्यक्ष बिमल रिजाल, गोरखा ग्रुप दाङका शैक्षिक निर्देशक दुर्गा बहादुर केसि, गोर्खा स्कुलका सञ्चालक डोरबहादुर जिसीलगायतले व्यवसायीक सम्झौताका बारेमा बोलेका थिए ।