दाङ,८ साउन । घाेराही – तुलसीपुर सडक खण्डकाे चारलेन सडक मर्मतको काम सुरु भएको छ । पहिलाे चरणमा आजदेखी बबई नदि देखि हापुरखाेला सम्मकाे करिव १५ किलोमिटर सडककाे बेस फिलिङकाे काम कटुवाखाेला देखि सुरु भएकाे हाे ।
अबकाे केहि दिनमा हापुरखाेला देखि तुलसीपुरसम्मकाे करिव १४ किलोमिटर सडककाे काम पनि सुरु हुदैछ । बर्षाले साथ दिएमा यआगामी असाेज मसान्तसम्म काम सक्ने गरि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले निर्माण कम्पनी र सडक डिभिजन कार्यालयलाई निर्देशन दिएकी छन्।
चार लेन ठेक्का ताेडिएसंगै मर्मतकाे काम अघि बढेकाे हाे । मर्मतकालागि ३ कराेड बजेट बिनियाेजन गरिएकाे थियाे। चारलेनमा हाल खाल्डा खुल्डी हुँदा आवत जावतमा समस्या भएकाे छ ।
लाइभदाङ । ७ श्रावण २०८०, आईतवार २०:५४ बजे