लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिदै

दाङ,२२ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनु हुने भएको छ । त्यसकालागि अपरान्ह ४ बजे संसद बैठक आह्वान गरिएको प्रदेशसभा सचिब दुर्लभ कुमार पुनले बताए ।

केन्द्रमा सत्ता समिकरण फेरिएसंगै लुम्बिनीमा माओवादी केन्द्रले २३ फागुनमा समर्थन फिर्ता लिएको थियो । दुई वटा दुई भन्दा बढि पार्टी मिलेर सरकार निर्माण भएकाले सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको एक महिना भित्र विश्वासको मत लिनुपर्ने प्राबधान छ । सोही अनुसार २२ चैतमा मुख्यमन्त्री चौधरीले विश्वासको मत लिन लागेका हुन् ।


लुम्बिनीमा एमालेका २९, काँग्रेसका २७, माओवादी केन्द्रका १०(सभामुख बाहेक), राप्रपा र नागरिक उन्मुक्तीका ४/४ जना सांसद हुन । तर, राप्रपाका जानकीलाल यादव भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बित हुनुहुन्छ । जनता समाजवादी, लोकतान्त्रिक समाजवादी र जनमत पार्टीका ३÷३ जना तथा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १/१ जना सांसद छन्, भने एक जना स्वतन्त्र सांसद छन्।
नयाँ गठबन्धन अनुसार माओवादी केन्द्रले मुख्यमन्त्री पाउनेछ ।