रैथाने मह किन्न घरमै पुग्छन्‘ग्रहाक’

तुलसीपुर, २१ भदौ ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.३ श्रीखोलाका प्रेमबहादुर विकले रैथाने मौरी पाल्न लागेको १० बर्ष भयो । दैनिकी हुने अन्य काम संगै बाँकी रहेको समय मौरी पालन गरेरै उहाँले बार्षिक एकलाख रुपैँया कमाई गर्दै आउनु भएको छ ।“हामीले पालेको मौरी स्थानीय जातको हो, यो विकासे मौरी जसरी समय पनि दिनु पर्दैन, आफै मेहनत गरेर यो मौरीले मह दिन्छ”,उहाँले भन्नुभयो“दिनभरि अरु काम गर्ने र साँझ, विहान हेरचाह गरे मात्रै पनि पुग्छ ।”

१० बर्ष अघिदेखि परम्परागत चल्दै आएको काठको घारमा मौरी पालन सुरु गरेका उहाँले सुरुमा २÷३ घारबाट सुरु गर्नुभयो, त्यसपछि उहाँले ४० घारसम्म मौरी पालन गर्नु भएको छ । बीचमा रोग लाग्दा कहिल्यै घट्ने र कहिल्यै बढ्ने भइरहेको छ । बर्षादमा रोग लाग्दा अहिले केही घट्ने गरेको उहाँ बताउनुहुन्छ ।“मैले ४० घारसम्म मौरी पालन गरेँ”,उहाँले भन्नुभयो“कहिल्यै रोगलागेर ह्वात्तै घट्ने पनि गर्छ, भने कहिल्यै बढ्छ ।”

रैथाने जातको मौरीले आफै बढि मेहनत गर्ने भएकाले आफूहरुले धेरै दुःख गर्न नपर्ने उहाँको भनाई छ । यसरी प्राप्त भएको मह बजारीकरणकालागि पनि बजार लैजानु पर्दैन । यो मह खोज्दै ग्रहाक घरमै आउने गर्नुहुन्छ । स्वास्थ्यका हिसाबले एकदमै उत्तम भएकाले पनि घरमै आएर लैजाने गरेको उहाँले बताउनुभयो ।“यो मह विक्री गर्न हामिले कहिल्यै बजार लिएनौं, ग्रहाक खोज्दै घरमै आउनु हुन्छ”,उहाँले भन्नुभयो“ धेरै ग्रहाकलाई त पु¥यान पनि मुस्किल पर्छ ।” उहाँले बार्षिक १ क्वीन्टलसम्म मौरी उत्पादन गर्ने गर्नुभएको छ ।


त्यस्तै सोही ठाउँका कमल प्रकाश डाँगीले पनि २० घार रैथाने जातका मौरी पालन गर्नुभएको छ । उहाँले पनि बार्षिक एकलाखको हाराहारीमा आम्दानी लिदै आउनु भएको छ । प्रति किलो एक हजार पाँचसयका दरले रैथाने मौरीको मह विक्री हुँदै आएको छ ।

स्थानीय उत्पादन भएकाले यो मह लैजान बाहिरी जिल्ला बुटवल, नवलपरासीबाट मात्रै होईन्, भारतबाट समेत आउने गरेको उहाँले बताउनुभयो ।“हामीले सुद्ध काठको घारबाट निकालेर मह दिन्छौं”,उहाँले भन्नुभयो“कसैले चाकासहित लैजानु हुन्छ, भने कसैले उतिबेलै निचोरेर मह लैजानुहुन्छ ।” तर,पछिल्लो सयम गाउँ–गाउँमै पुग्ने गरेको बिकासे मौरी पालन कार्यले रैथाने मौरी विस्तापित हुने खतरा रहेको छ ।